आरोपबाट बच्न गृहमन्त्री लेखकमाथि कर्मचारीको आरोप, कांग्रेसको बदनाम गर्न खोजियो : नेता घिमिरे

खाँदबारी । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले आरोपबाट बच्न कर्मचारीले गृहमन्त्री रमेश लेखकमाथि दोष थुपारेको बताएका छन् ।
आइतबार संखुवासभाको खाँदबारीमा आयोजित कार्यक्रममा नेता घिमिरेले कांग्रेसका नेताहरूले बद्नीयत राखेर काम नगर्ने बताए । उनले गृहमन्त्री लेखकलाई जोडेर कांग्रेसको बदनाम गर्न खोजिएको बताएका छन् ।
गृहमन्त्री लेखकविरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको विवादमा मुछेर टिकाटिप्पणी र समाचार आएका बेला कांग्रेस नेता घिमिरेले लेखकको बचाउ गरेका छन् ।
नेता घिमिरेले पछिल्लो समय सरकारमा गएका कांग्रेसका मन्त्रीहरू अनावश्यक विवादमा मुछिएको बताएका छन् ।
कम्युनिष्ट पार्टीको अधिनमा देशको ठूलो पार्टी कांग्रेस बसेको उनले बताएका छन् ।
सुशासन, संविधान संशोधन लगायतका विषयलाई अघि बढाउन कांग्रेसले कम्युनिस्ट मिलेर सरकार बनाउने बाटो रोजेको घिमिरेले बताए ।
अहिलेको कुनैपनि मन्त्रीले जनताले देख्ने गरी काम गर्न नसकेको उनले बताए ।
कोशी प्रदेशका विभिन्न जिल्ला दौडाहमा निस्केका घिमिरेले कांग्रेस परम्परागत तरिकाले चलेको बताएका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया