खेलकुदकै पृष्ठभूमि भएका कांग्रेसबाट मन्त्री बनेका महर्जनले बागमतीलाई खेलकुदको उत्सव बनाए

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशका सांसद मीनकृष्ण महर्जनले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेपछि युवा तथा खेलकुद मन्त्रालयले खेलकुदका गतिविधिसहितका प्रशंसनीय कार्य गर्दै आइरहेको छ ।
खेलकुद मन्त्रालयले हेटौँडामा केही दिन अगाडि ‘बागमती प्रदेश स्पोट्र्स अवार्ड’ कार्यक्रम गरेको छ । कार्यक्रममा बागमती प्रदेशका प्रतिभावान खेलाडीहरूलाई नगद पुरस्कार सहित सम्मान गरिएको छ । उत्कृष्ट पुरुष खेलाडीमा राजन बल, महिला उत्कृष्ट खेलाडीमा कराँतेकी एरिका गुरुङ, लोकप्रिय पुरुष खेलाडीमा फुटबलका आयुष घलान, महिला लोकप्रिय खेलाडीमा भलिबलकी सलिना श्रेष्ठ र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई प्रदान गरिएको छ । उत्कृष्ट पारा खेलाडीमा पलेशा गोबर्धनले पुरस्कार हात पारेकी छिन् ।
उत्कृष्ट प्रशिक्षकमा तेक्वान्दोका कविराज नेगिले अवार्ड पाएका छन् । उत्कृष्ट जिल्ला खेलकुद अध्यक्षमा किक बक्सिङ पूर्व राष्ट्रिय च्याम्पियन विनोद महर्जनले अवार्ड पाएका छन् ।
खेलकुदको क्षेत्रमा अनगिन्ती सह्रानीय कार्य गरेको भन्दै नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री महर्जनको निकै प्रशंसा गर्दै आएका छन् । सभापति देउवालाई भेट्न जाने कांग्रेसका नेता, कर्याकर्तालाई खेलकुदको बारेमा कुरा उठ्दा देउवाले युवा तथा खेलकुदमन्त्री महर्जनको कार्यको कुरा गर्ने गरेको नेताहरूले बताएका छन् ।
महर्जन युवा तथा खेलकुदमन्त्री भएदेखि बागमती प्रदेशमा व्यापक रुपमा खेलकुद प्रतियोगिता भइरहेका छन् । खेलकुदका गतिविधि ह्वात्तै बढेको छ । खेल क्षेत्रमा लागेका युवा जनशक्ति क्रियाशील बनेको छ ।
बागमती प्रदेश सरकारले पनि खेलकुद गतिविधिलाई प्राथमिकता साथ लिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पनि युवा तथा खेलकुदमन्त्री महर्जनको खेलकुदप्रतिको लगाव तथा महर्जनले गरेका उत्कृष्ट कार्यको प्रशंसा गर्ने गरेका छन् ।
खेलकुदमन्त्री महर्जनको खेलक्षेत्र र मन्त्रालयको कार्यसम्पादनको मुख्यमन्त्री लामाले सार्वजनिक कार्यक्रमहरूमा खुलेर प्रशंसा गर्ने गरेका छन् ।
बागमती प्रदेश सरकारको समन्वयमा व्यापक खेलकुद प्रतियोगिता भएपछि यतिखेर केन्द्रका युवा तथा खेलकुदमन्त्री समेत ओझेलमा परेका छन् । केन्द्रका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको कार्यप्रति कांग्रेसका नेता, कार्यकर्ता सन्तुष्ट छैनन् ।
सांसद र मन्त्री नहुँदा समेत महर्जनले आफ्नै बलबुतामा ललितपुरमा राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरू गर्दै आएका थिए । युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी सम्हालेपछि महर्जनले बागमती प्रदेशलाई खेलकुदमय बनाइदिएका छन् । महर्जनको पृष्ठभूमि कराँते खेलाडीको हो । उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय थुप्रै स्वर्ण पदकहरू जितेका छन् । महर्जनले कराँतेमा साफ गेममा स्वर्ण पदक जितेका खेलाडी हुन् ।
बिगतमा एशियन गेममा जीतबहादुर केसीले म्यारथन दौड प्रतियोगितामा भाग लिने क्रममा जुत्ता फाटेर रगताम्य खुट्टासहित दौडिएर पनि देशको नाम राखेको कार्यको मन्त्री महर्जनले बेलाबेला स्मरण गर्ने गर्छन् । त्यस बेला केसीले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका थिए । अर्का म्याराथन धावक बैकुण्ठ मानन्धरले लगातार साफ गेममा तीन वटा पद नेपाललाई दिलाएका थिए । ओलम्पिक गेममा मानन्धरले चार पटक सहभागिता जनाइसकेका छन् । साप गेममा मानन्धरको रेकर्ड कसैले तोड्न सकेका छैनन् । त्यो अवस्थाको खेलकुदलाई भौतिक रुपले सुविधा सम्पन्न बनाउन महर्जनले चाहेका छन् । उनको योजना खेलाडीहरूलाई जीविकोपार्जन गर्न सहज होस् भन्नेछ । खेलाडीहरूलाई विदेश पलायन हुनबाट रोक्नुपर्छ भन्ने मान्यता महर्जनले राख्दै आएका छन् ।
मन्त्री महर्जनले बागमती प्रदेश सभाबाट युवा तथा खेलकुद मन्त्रालयको विधेयकलाई फास्ट ट्रयाकबाट पारित गराएर मन्त्रालयलाई गतिशील बनाएका छन् । बिगतका मन्त्रीहरूले युवा तथा खेलकुद मन्त्रालयको विधेयकलाई पारित गराउन सकेका थिएनन् । जसका कारण युवा तथा खेलकुद मन्त्रालय पंगु जस्तै थियो । विधेयक पारित भएपछि युवा तथा खेलकुद मन्त्रालय बल्ल चलायमान बनेको छ ।
आर्थिक वर्ष २०८२/८३ को बजेटलाई वृद्धि गरेर खेलकुद क्षेत्रलाई धेरैभन्दा धेरै समेट्ने पक्षमा मन्त्री महर्जन छन् । बजेटको सिलिङ बढाउन उनले सभापति देउवा, मुख्यमन्त्री लामा लगायतसँग लबिङ गर्दै आएका छन् ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया