जापान भ्रमण सम्पन्न गरेर परराष्ट्रमन्त्री डा.राणा स्वदेश फिर्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा साताव्यापी जापान भ्रमण सम्पन्न गरेर स्वदेश फर्किएकी छिन् ।

डा.राणा शनिबार राति साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको निजी सचिवालयले जनाएको छ ।

एसियाली नागरिकको कल्याण तथा शिक्षाका लागि प्रतिष्ठान (फाउण्डेसन फर द वेलफेयर एण्ड एजुकेशन अफ द एसियन पिपुल)को कार्यक्रममा भाग लिन गत सोमबार परराष्ट्रमन्त्री डा.राणा जापानको राजधानी टोकियो प्रस्थान गरेकी थिइन् ।

कार्यक्रममा १२ भन्दा बढी देशका मन्त्री, सरकारी उच्च अधिकारी एवं वरिष्ठ सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो ।

ग्रामीण महिला तथा विकास केन्द्र (रुडुक), सुरक्षित मातृत्व सञ्जाललगायतका संघ÷संस्थामार्फत् नेपाली महिलाहरूको आर्थिक उत्थान एवं सामाजिक संरक्षणका क्षेत्रमा लामो समयदेखि कार्यरत रहेकी परराष्ट्रमन्त्री डा.राणालाई कार्यक्रमको विशेष वक्ताका रुपमा आमन्त्रित गरिएको थियो ।

भ्रमणका क्रममा डा.राणाले जापानका विदेशमन्त्री तथा जाइकाका अध्यक्षसँग भेटवार्ता गरेकी थिइन् ।

Published : Saturday, 2025 May 24, 11:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया