गृहमन्त्रीको राजीनामा अगाडि रास्वपाकी मानव तस्कर आराेपी उपसभामुख ईन्दिराको राजीनामा किन नआउने ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नुभन्दा अगाडि मानव तस्करीमा संलग्न उपसभामुख ईन्दिरा राना मगरको राजीनामा गराउनुपर्ने माग उठेको छ ।
शनिबार रास्वपाका कार्यबाहक प्रवक्ता मनीष झाले विज्ञप्ति जारी गरेर विमानस्थल अध्यागमन घटनामा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गरेका छन् । रास्वपाकी समानुपातिक सांसद समेत रहेक रानाले अमेरिका मानिसहरू तस्करी गर्न नेपालका लागि अमेरिकी राजदूतावासलाई पत्र लेखेकी थिइन् ।
उपसभामुख रानाको मानव तस्करीको अनुसन्धानको फाइल प्रहरीमा रहेको छ । आफ्नो सांसद एवम् उपसभामुख रानाको राजीनामा लुकाउने, संलग्नता नै नरहेको घटनामा जोडेर रास्वपाले गृहमन्त्री लेखकको राजीनामा माग गरेपछि प्रश्न उठेको छ । रास्वपाले राजनीतिक रुपमा प्रतिशोध साँधेर गृहमन्त्री लेखकको राजीनामा माग गरेको छ ।
रास्वपाले विज्ञप्तिमा भनेको छ, ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं । साथै यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा, त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सुझाव दिन्छौं ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको घटनामा सहसचिव तीर्थराज भट्टराईसँग जोडेर प्रतिशोध साँधेर गृहमन्त्री लेखकविरुद्ध मिडियावाजी र टिकाटिप्पणी भएकोमा गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर दुःख व्यक्त गरिसकेको छ ।
गृहमन्त्री लेखकले पनि अध्यागमन घटनामा आफ्नो संलग्नता नरहेको र गैरकानूनी वा भ्रष्टाचारजन्य विषयमा कसैले पुष्टि गरे राजनीतिक जीवनबाट सन्यास लिने बताइसकेका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया