भिजिट भिषाबारे खोज्दै थिएँ, धेरै कुरा थाहा पाइसकेँ, अब बोल्छु : गृहमन्त्री लेखक

धनुषा । गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको सम्बन्धमा आफूमाथि लागेको आरोपबारे दुई/चार दिनमा बोल्ने बताएका छन् ।

शनिबार धनुषामा नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँगको छलफलमा लेखकले भने, ‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा समाजिक संजालमा लेख्ने काम भइरहेको छ । दुई÷तीन दिन किन चुप लागेर बसेको थिएँ । यो कहाँबाट, कसरी, किन भइरहेछ भने खोजीराखेको थिएँ ।’

‘यस विषयमा मैले धेरै कुरा थाहा पाइसकेका छु,’ लेखकले भने, ‘आजै काठमाडौं गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुई÷चार दिनमा आफैँ पनि केही कुरा बोल्छु ।’

उनले भने, ‘अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ । त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ ।’

गृहमन्त्री लेखकले यस विषयमा पार्टीका साथीहरूलाई चिन्ता गर्नुपर्ने केही कारण नभएको बताएका छन् ।

उनले भने, ‘म एउटै कुरा के भन्छु भने जीवनभरि राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने टाउको निहुरिने काम गर्दैनँ । जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ । त्यो दिनदेखि म राजनीतिकमा देखा पर्दैनँ ।’

लेखकले आफूमाथि उठेका सबै विषयलाई ठीक ढंगले आफ्नो कुरा राख्ने बताएका छन् ।

Published : Saturday, 2025 May 24, 2:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया