पत्नी लिएर पूर्वमन्त्री राजेन्द्र महतो अमेरिका प्रस्थान

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्वमन्त्री राजेन्द्र महतो पत्नीलाई लिएर अमेरिका उडेका छन् ।

शुक्रबार राति अध्यक्ष महतो अमेरिकातर्फ प्रस्थान गरेका हुन् । उनीसँग पत्नी शैलकुमारी देवी महतो पनि अमेरिका उडेकी छिन् ।

पत्नीलाई लिएर महतो अमेरिका किन प्रस्थान गरेका हुन् केही भनेका छैनन् ।

Published : Saturday, 2025 May 24, 1:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया