दुलाल ‘म्यान अफ द वर्ल्ड’मा भाग लिन फिलिपिन्स प्रस्थान

काठमाडौं । ‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ विजेता आयुष दुलाल फिलिपिन्स उडेका छन् ।
फिलिपिन्समा मे २३ देखि ३१ तारिखसम्म आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘म्यान अफ द वर्ल्ड २०२५’मा सहभागी हुन उनी बिहीबार राति फिलिपिन्सतर्फ प्रस्थान गरेका हुन् ।
दुलाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘मिष्टर नेपाल २०२३’ विजेता समर्पण कार्की, निमेश कपाली, ‘मिष्टर वर्ल्ड २०२४’ सन्तोष लोक्सम, ‘मिष्टर ग्लोबल २०२४’ योगेश श्रेष्ठ, मिष्टर नेपालको रिजनल डाइरेक्टर सन्दीप केसी, नेशनल डाइरेक्टर रवि धमला, नेक्स्ट मोडल्स नेपालकी प्रवन्ध निर्देशक यतना पाण्डे लगायतले विदाई गरेका छन् ।
दुलालले ‘मिस्टर नेपाल २०२४’मा ‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ जित्दै यो अवसर प्राप्त गरेका हुन् । प्रतियोगितामा उनले ‘बेस्ट पर्सनालिटी’को अवार्ड जितेका थिए । ३५ बढी देशका सहभागी रहने प्रतियोगितामा दुलाल नेपालको एक्लो प्रतिनिधि हुन् ।
प्रतियोगितामा नेपाली कलासंस्कृति चिनाउन दुलालले नेशनल कस्ट्युम राउण्डका लागि बिभिन्न नेवारी कलासंस्कृति झल्कने नेपाली ड्रेस तयार पारेका छन् । दुलालले खुकुरीमा नेपालको झण्डा भएको गिफ्ट समेत सबै सहभागीलाई दिन लिएर गएका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया