अमेरिका र कुवेत पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले दुई जनालाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र कुवेत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई शुक्रबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्क बस्ने रूकुम पश्चिमको त्रिवेणी गाउँपालिका–४ पोखरी घर भएका ३० वर्षीय शक्ति खड्का र काठमाडौं महानगरपालिका–९ बस्ने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ घर भएका २७ वर्षीय प्रवीनकुमार मण्डल रहेको विज्ञप्तिमा उल्लेख छ ।
पक्राउमध्ये शक्तिले अमेरिका पठाइदिछु भन्दै १ जना पीडितबाट ५५ लाख रूपियाँ ठगी गरेका छन् । प्रविनले कुवेत पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ५ लाख रूपियाँ लिई सम्पर्कबिहीन भएका थिए ।
पीडितहरूको उजुरीको पछि खटिएको प्रहरीले शक्तिलाई काठमाडौं महानगरपालिका–२६ नयाँबसपार्कबाट र प्रविनलाई काठमाडौं महानगरपालिका–९ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया