सहकारी ठगका अभियुक्त रवि लामिछानेलाई छाड्न सर्वोच्चद्वारा अस्वीकार, उच्चको आदेश सदर

काठमाडौं । सर्वाेच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार पठाउने उच्च अदालत तुलसीपुको बुटवल इजलासको आदेशलाई सदर गरेको छ ।
शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले सहकारी ठगका अभियुक्त लामिछानेलाई उच्च अदालत बुटवल इजलासले गरेको थुनामा पठाउने आदेश सदर गरेको हो ।
लामिछानेकी पत्नी निकिता पौडेलले लामिछानेलाई गैरकानूनीरुपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएर उच्च अदालतको बुटवल इजलासले लामिछानेलाई थुनामा पठाएको थियो । थुनामा पठाउने आदेशविरुद्ध लामिछानेकी पत्नी निकिता पौडेल सर्वाेच्च अदालतमा पुगेकी थिइन् । मुद्दाको किनारा नलाग्दासम्म अब लामिछाने पुर्पक्षमा कारागारमा रहनेछन् ।
सुप्रिम सहकारीसम्बन्धी ठगी मुद्दामा उच्च अदालतको बुटवल इजलासले दिएको आदेशका कारण लामिछाने अहिले रुपन्देही कारागारमा छन् ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया