बहादुरगञ्जमा किसानहरूद्वारा सशस्त्र प्रहरीविरुद्ध प्रदर्शन, सारायनिक मलमा अबरोध नगर्न माग (भिडियो)

बहादुरगञ्ज । कपिलवस्तुमा सशस्त्र प्रहरीले भारतबाट किसानले ल्याएको रासायनिक मल नियन्त्रयामा लिएर अबरोध गरेपछि स्थानीयले प्रतिरोध गरेका छन् ।

शुक्रबार किसानहरूले आफूले प्रयोग गर्नका लागि भारतबाट रासायनिक मल ल्याउने क्रममा सशस्त्र प्रहरीले कृष्णनगर नगरपालिकाको वडा नं. ८ बहादुरगञ्ज चोकमा अबरोध सिर्जना गरेको प्रदर्शनमा उत्रिएका किसानहरूले बताएका छन् । किसानहरूले सशस्त्र प्रहरीको ज्यादतिविरुद्ध बहादुरगञ्ज चोकमा नाराबाजी गर्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका कारण बहादुरगञ्ज चोकमा झण्डै झडपको स्थिति उत्पन्न भएको थियो । प्रदर्शनकारीले संयम् भएर प्रदर्शन गरेको जनाएका छन् । सशस्त्र प्रहरीको व्यवहारमा सुधार नभए चुप लागेर नबस्ने किसानहरूले चेतावनी दिएका छन् । किसानहरूले भनेका छन्, ‘कि समयमा रासायनिक मल उपलब्ध गराउनुपर्छ । होइन भने आफ्नो खेतबारीका लागि भारतबाट ल्याइने गरेको रासायनिक मलमा अबरोध गर्न पाइँदैन । अन्यथा प्रतिरोध हुन्छ ।’

स्थानीयले सशस्त्र प्रहरीको ज्यादति रोक्न माग गरेर नाराबाजी समेत गरेका छन् । सरकारले समयमा रासायनिक मल उपलब्ध गराउन नसक्दा किसानहरूले भारतबाट आफ्नो खेतबारीमा प्रयोगका लागि युरिया, डिएपी लगायतका रासायनिक मल ल्याउने गरेका छन् ।

भारतबाट आयात हुने रासायनिक मलमा धेरै कडाइ नगर्न लुम्बिनी प्रदेश सरकारले बेलाबेला प्रहरी प्रशासनलाई निर्देशन दिँदै आएको छ । सशस्त्र प्रहरीले रासायनिक मल आयातमा अबरोध गरेर किसानलाई बेलाबेला दुःख दिने गरेको छ ।

Published : Friday, 2025 May 23, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया