युवा जनशक्ति स्वदेशमा रहने वातावरण बनाउन जरुरी छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले असंगठित क्षेत्रका श्रमिकहरूका लागि श्रम ऐन संशोधन आवश्यक रहेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरमा नेपाली कांग्रेसको श्रम तथा ट्रेड युनियन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘सामाजिक सुरक्षा भत्ता वितरणमा समानुपातिक धारणा बमोजिम उपलब्ध गराउनुपर्ने देखिन्छ भने योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित क्षेत्रका श्रमजीवीहरूले पाउन सहज होस् भन्नका मिमित्त कानून संशोधन गरेर व्यवहारिक रुपमा कार्यान्वयन गर्न हुन्छ ।’

उनले भेन, ‘नेपालको वर्तमान संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको हो । संविधानले रोजगारी र श्रमिकको हक उचित पारिस्परिक परिश्रम एवम् योगदानमा आधारित सामाजिक हकको सुरक्षाको प्रत्याभूति पनि गरेको छ ।’

‘नेपाली कांग्रेसकै सरकारले कारखाना सम्बन्धी ऐन २०१६, श्रम ऐन २०४८, संशोधन ऐन २०४८, २०७४ तथा हाम्रै प्रधानमन्त्री भएकै समयमा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन २०७४ पारित गर्ने कार्य भएको पनि हो,’ देउवाले भने ।

‘मैले २०५७ सालमा यस क्षेत्रको नीति तथा कानूनको पूर्वाधार कांग्रेसले नै बनाएको हो,’ उनले भने, ‘श्रम क्षेत्रको कानून कार्यान्वयनमा केही समस्या भएको भन्ने तपाईहरूको श्रमजीवीहरूको कुरा सुनेको छु ।’

‘श्रम ऐनको कतिपय दफाहरूमा श्रमिकको प्रतिकूल रहेको र सरकारले न्यूनतम ज्याला श्रम क्षेत्रमा कार्यान्वयन नहुँदा प्रणाली कमजोर हुन सक्दछ,’ सभापति देउवाले भने, ‘शिक्षा ऐन र निजामती ऐन ल्याउने कुरामा पनि नेपाली कांग्रेस दृढ छ ।’

देउवाले भने, ‘अनौपचारिक क्षेत्रको श्रमिकका निमित्त श्रमिक पहिचान पञ्जीकरणका लागि स्थानीय तहमा व्यवस्था गर्नका लागि हाम्रो पार्टीले पहल गर्नेछ ।’

‘रोजगारी सिर्जना गरी युवा जनशक्ति स्वदेशमा रहने गरी हाम्रो देशमा सीप लगानी गर्ने वातावरण बनाउन जरुरी भइसकेको छ,’ देउवाले भने ।

‘राष्ट्रिय नीतिमा रोजगारीलाई प्राथमिकता दिनुपर्ने कुरा आवश्यक छ,’ सभापति देउवाले भनेका छन् । उनले भने, ‘ट्रेड युनियन आन्दोलनलाई सुदृढ गर्न नेपाली कांग्रेसका नेताहरू र हाम्रो पार्टीको ठूलो योगदान छ । श्रमको सम्मानको लागि नेपाली कांग्रेस सदैब तयार छ ।’

Published : Friday, 2025 May 23, 3:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया