मन्त्री राणाद्वारा बाग्दुला-मच्छी सडकलाई ३० कराेडसहित केन्द्रीय आयोजनामा राख्न सफल

काठमाडौं । राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई प्यूठानको बाग्दुला–मच्छी सडकखण्ड स्तरोन्निसहित निर्माणका लागि केन्द्रीय आयोजनमा राख्ने निर्णयसहित सिफारिस गरेको छ ।

बिहीबार आयोगले बाग्दुला–मच्छी सडकखण्डलाई समपूरक केन्द्रीय योजनामा राख्न अर्थ मन्त्रालयलाई निर्णयसहित लेखेर पठाएको छ । समपूरक केन्द्रीय योजनामा यो सडकखण्डलाई समावेश गराउन लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणा दुई दिनदेखि आफै सिंहदरबारमा खटिएका थिए ।

बाग्दुला–मच्छी सडकखण्ड प्यूठान जिल्लाको प्रदेश निर्वाचन क्षेत्र नं. २ को मेरुदण्डका रुपमा रहेको । मन्त्री राणाले यो सडकखण्ड बनाउने प्रतिवद्धता निर्वाचनका बेला मतदाताहरू समक्ष गरेका थिए ।

‘लुम्बिनी प्रदेश सरकारबाट बाग्दुला–मच्छी सडकखण्डलाई ३० करोड प्यूठान प्रदेश निर्वाचन क्षेत्र नं. २ को विकासको मेरुदण्डको रुपमा रहेको बाग्दुला–मच्छी सडकखण्डलाई स्तरीय बनाउन निर्वाचनको समयमा मैले मतदाताहरूसँग मुख्य एजेण्डा बनाएको थिएँ,’ राणाले भनेका छन् ।

‘उक्त सडक मेरो पहलमा लुम्बिनी प्रदेश सरकारको मिति २०८१ फागुन ११ गतेको मन्त्रिपरिषदको बैठकले ३० करोड रुपियाँको लागतमा केन्द्रीय समपूरक योजनामा राख्ने गरि निर्णय भएको र राष्ट्रिय योजना आयोगमा सिफारिस गरिएको थियो,’ उनले भने ।

‘राष्ट्रिय योजना आयोगले प्रदेशको सिफारिस बमोजिम निर्णय गरी केन्द्रीय अर्थ मन्त्रालयमा बजेटमा समावेश गर्न सिफारिस गरेको कुरा प्यूठानका सम्पूर्ण आमा, बुवा, दाजुभाइ, दिदीबहिनीहरूमा जानकारी गराउँदछु,’ मन्त्री राणाले भनेका छन् ।

शहरी विकासमन्त्री राणाले भने, ‘अघिल्लो सरकारमा म मन्त्री रहँदा प्रदेश मन्त्रिपरिषदको बैठकबाट मेरै प्रस्तावमा बाहाने स्याउलीबाङको सडकका लागि ४२ करोड १५ लाख रुपियाँ केन्द्रीय समपूरकमा प्रस्ताव गरिएको र अहिले सो काम भैरहेको छ ।’

Published : Friday, 2025 May 23, 11:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया