परराष्ट्रमन्त्री डा.राणा र जाइकाका अध्यक्ष डा.अकिहिकोबीच भेटवार्ता

टोकियो । परराष्ट्रमन्त्री डा.आरजु राणा र जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)का अध्यक्ष डा.तनका अकिहिकोबीच भेटवार्ता भएको छ ।

शुक्रबार जापानको राजधानी टोकियोस्थित जाइकाको मुख्यालयमा डा.राणा र डा.अकिहिकोबीच भेट भएको हो । डा.अकिहिकोसँग भेट्न पाउँदा खुसी लागेको डा.राणाले बताएकी छिन् ।

‘नेपालको सामाजिक, आर्थिक विकासको लागि जापानी सहयोगलाई सहजीकरण गर्न जाइकाले आधारशीलाको भूमिका खेल्छ,’ परराष्ट्रमन्त्री डा.राणाल भनेकी छिन् ।

‘हामीले नेपाललाई प्रदान गरिएको सबै सहयोगको लागि जाइकालाई धन्यवाद दियौं,’ डा.राणाले भनेकी छिन्, ‘जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, सुशासन र वृद्धावस्था सम्बन्धी मुद्दाहरू लगायतका मुद्दाहरूमा छलफल भएको छ ।’

जापानले जाइकामार्फत नेपालमा आर्थिक सहयोग गर्दै आएको छ । नेपाल र जापानबीच पुरानो प्रगाढ सम्बन्ध रहेको छ ।

जापान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.राणा र जापानका विदेशमन्त्री इवाया ताकेसीबीच पनि भेटवार्ता भएको छ । भेटका क्रममा दुई मुलुकबीचको सम्बन्धका विषयमा परामर्श भएको थियो ।

Published : Friday, 2025 May 23, 10:55 am

फेसबुकबाट तपाईको प्रतिक्रिया