कांग्रेस र शेरबहादुर देउवा चिनेका युवराजले झल्लुका कुरा सुनेर ब्राण्ड गुमाए

काठमाडौं । पत्रकार युवराज घिमिरे कुनै बेलाका ब्रण्ड पत्रकार हुन् । घिमिरेलाई अहिले पनि धेरैले आदर्श मान्छन् ।
घिमिरे सम्पादक र लगानी रहेको अनलाइनले नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध राजसंस्थासँग जोडेर जसरी समाचार प्रकाशित गरेको छ त्यसले घिमिरेको ब्राण्डमा क्षति पुर्याएको छ ।
सभापति देउवाले झल्लु कुरा गर्दैनन् । केही दिन अगाडि सार्वजनिक कार्यक्रमहरूमा सभापति देउवाले पूर्वराजा ज्ञानेन्द्र शाह र राजसंस्थाबारे दिएका अभिव्यक्तिको भिडियोहरू छ्यापछ्याप्ती छन् । ती भिडियोमा ज्ञानेन्द्र शाह र राजसंस्था मुलुकमा फर्किएर नआउने देउवाले भनेका छन् । त्यस्तो कठोर अभिव्यक्ति दिएका देउवालाई हृदयन्द्र शाहसँग जोडेर समाचार आउन दुखद् भएको कांग्रेसले जनाएको छ ।
कान्तिपुर दैनिकको सम्पादक हुँदा होस् वा भारतीय विभिन्न सञ्चारमाध्यममा उनका लेख, समाचार हुन्, बिगतमा निष्पक्ष र तटस्थ रहने गरेका थिए । केही वर्ष यता घिमिरेमा बिचलन, स्खलन आएको छ । तत्कालीन समयका निरंकुश राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहप्रति घिमिरेको मोह निकै बढेर गएको छ । उनका लेख, टिप्पणी तथा अभिव्यक्तिहरूले त्यो देखाइरहेको छ । कृष्णप्रसाद भट्टराई ‘किशुनजी’लाई आदर्श मान्ने र आफूलाई लोकतन्त्रवादी ठान्ने पत्रकार घिमिरेले ‘झल्लु’हरूका कुरा सुनेर हावाको भरमा समाचार लेख्दा कांग्रेसका कार्यकर्तामा मानसिक पीडा उत्पन्न भएको छ ।
नेपाली कांग्रेस र सभापति देउवालाई पत्रकार घिमिरेले नचिनेका होइनन् । विगतमा संगत पनि गरेका हुन् । बेलाबेला ललितपुरको गोदावरी नगरपालिकाको बाडेगाउँमा रहेको किशुनजीको आश्रममा पुगेर आउने घिमिरेले किन र कसको हितमा यो कार्य गरेका हुन् सबैले बुझेका छन् । देउवा र कांग्रेसलाई चिनेका घिमिरेले लोकेश ढकाल जस्ता पंगु र झल्लुका मनगढन्ते कुरा सुनेर समाचार लेख्दा बिगतको आफ्नो ब्राण्डलाई गुमाएका छन् । घिमिरेले आफ्नो ब्राण्डलाई बचाउन नसक्दा एक्लिदै गएका छन् । उनलाई सार्वजनिक कार्यक्रमहरूमा राजावादीहरू बाहेक अरु कसैले पनि बोलाउन छाडेका छन् । यस्तै गतिविधिले घिमिरे एक्लिदै गएका हुन् । घिमिरेमा बिचलन आएपछि उनका समकालीन धेरै पत्रकारहरूमा त्यो स्खलन आएको छैन ।
कांग्रेस केन्द्रीय कार्यालयले बिहीबार औपचारिक विज्ञप्ति जारी गरेर त्यस्ता झल्लु समाचारहरूको कडा शब्दमा खण्डन गरेको छ । लोकेश ढकाल राजनीतिक बिचलन भएका व्यक्ति हुन् । लोकेश ढकालले आफूलाई कांग्रेस दाबी गरे पनि कांग्रेसमा हुनुपर्ने गुण उनीमा छैन ।
पूर्वराजा ज्ञानेन्द्र शाहको लगानीमा राजावादीहरूले काठमाडौं केन्द्रित आन्दोलन गर्ने तयारी गरिरहेका बेला लोकेश ढकाललाई उदृत गर्दै बुधबार घिमिरेले समाचार लेखेका थिए । त्यो समाचारमा भनिएको थियो– पार्टी सभापति देउवाको हृदयेन्द्रलाई राजा बनाएर आफूले स्वीकार्ने प्रस्ताव आफूले थाहा पाएको बताएका थिए । उनले देश सञ्चारसँग भनेका थिए, ‘देउवाको यो सन्देश निर्मल निवासमा पुगेको छ ।’ ढकालका अनुसार ‘देउवाले यो सुझाव आफ्ना एक दूतमार्फत पठाएका थिए ।’
कांग्रेस र सभापति देउवाविरुद्ध पत्रकार घिमिरेले लोकेश ढकालको भनाइ उदृत गरेर मनगढन्ते समाचार प्रकाशित गरेर राजावादीहरूलाई उत्साहित बनाउने प्रयास गरेका छन् । पत्रकार घिमिरे आफ्नो गल्तीलाई स्वीकार गर्दा बिगतको बचेखुचेको ब्राण्डमा सुधार हुन सक्छ । होइन भने उनको पतनको बाटो निश्चित छ ।
राजा वीरेन्द्र शाहको वंश नाश भयो । देश चलेको छ । वीपी कोइरालाको निधन भयो । कांग्रेस चलेको छ । यो सृष्टि हो । सृष्टि चलिरहन्छ ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया