कुलिङ पिरियड हटाउन मुख्यसचिव र सचिवहरूको चासो अस्वभाविक : सभापति खवितडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निजामती सेवा विधेयकमा उल्लेख कुलिङ पिरियडको प्रावधानबाट समिति पछि नहट्ने बताएका छन् ।
बिहीबार सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै सभापति खतिवडाले लामो छलफल र बिज्ञहरूसंगको परामर्शपछि विधेयक पारित भएको बताए । उनले अहिले नै त्यसका रहेको कुलिङ पिरियडको प्रावधानबाट पछि हट्न वा संशोधन गर्न नसकिने बताए ।
सभापति खतिवडाले निजामती कर्मचारीबाट बाहिरिएको भोलिपल्टै अर्को कुनै निकायमा नियुक्त हुँदा स्वार्थको द्वन्द्व देखिने भएकाले कुलिङ पिरियडको प्रावधान ल्याएको बताए ।
उनले कुलिङ पिरियडको प्रावधान अन्य देशमा समेत रहेको बताएका छन् । कुलिङ पिरियडको प्रावधानलाई कर्मचारीमाथिको अविश्वास भन्न नमिल्ने सभापति खतिवडाले बताएका छन् ।
सभापति खतिवडाले कुलिङ पिरियडको विषयमा मुख्यसचिव लगाएतका सचिवहरूको चासो अस्वभाविक रहेको बताएका छन् ।
उनले समितिले पारित गरेको विधेयकलाई छिटो भन्दा छिटो सदनमा लाने तयारी भइरहेको बताए । समितिले पारित गरको विधेयकलाई असंवैधनिक भन्ने अधिकार कसैलाई नरहेको सभापति खतिवडाले बताएका छन् ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालसहितका सचिवहरूले प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायतलाई भेट गरेर कुलिङ पिरियड हटाउन दवाव दिइरहेका बेला सभापति खतिवडाले कुलिङ पिरियड नहट्ने बताएका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया