सर्वोच्च शिखर सगरमाथाको सफलआरोहीकुन्जाङ छोपेल शेर्पालाई विशेष बढुवा

काठमाडौं । सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पालाई प्रहरी नायव निरीक्षक पदमा पदोन्नति गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको नीति निर्माण समिति (पीसीसी) बैठकको निर्णयले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलता पूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल शेर्पालाई विशेष बढुवा प्रदान गरी प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरिएको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पाले २०८२ जेठ ५ गते सोमबार बिहान ०८ः५६ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी तथा लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर फहराउन सफल भएकी थिइन् ।
यसैबीच, प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा बुधबार एक कार्यक्रमबीच प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई हार्दिक स्वागत गरेका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया