कांग्रेस महमन्त्री थापाद्वारा मानहानी मुद्दामा सर्वोच्चमा जवाफ पेस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सर्वोच्च अदालतमा मानहानी मुद्दामा जवाफ पेश गरेका छन् ।

बुधबार थापाले आफ्नो कानून व्यवसायीमार्फत सर्वोच्च अदालतमा जवाफ पेस गरेका हुन् । उनले सत्यमा आधारित अभिव्यक्तिलाई अदालतको अवहेलना मान्न नहुने जनाएका छन् ।

थापाले ५२ जना पदाधिकारीको नियुक्ति सम्बन्धमा दिएको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।

‘सार्वजनिक हितको पक्षमा रहेको सत्यमा आधारित अभिव्यक्तिलाई अदालतको अवहेलना मान्नुहुँदैन,’ थापाले भनेका छन् ।

उनले आफूले दिएको अभिव्यक्ति पनि न्यायालयमाथि प्रहार गर्ने उद्देश्यबाट नआएको र आफू जहिले पनि स्वतन्त्र न्यायपालिकाको पक्षमा रहेको बताएका छन् ।

थापाले भने, ‘न्यायालयमाथि प्रहार गर्ने उद्देश्य होइन । मेरो आदर्श र विचार तथा जीवनभर जुन मूल्य र मान्यताको लागि संघर्ष गर्दै आएको छु । त्यसबाट कदापि अदालतको अवहेलना गर्ने होइन न्यायपालिकालाई जनताको हकको मूल संरक्षक र अभिभावक हो भन्ने धारणाप्रति सदा सर्वदा दृढ छु ’

महामन्त्री थापाले विचारहरूको मन्थनबाट नै नागरिकको संशय र आशंकाको निराकरण गरी स्वतन्त्र न्यायपालिकाको गरिमा अझ बढाउन मद्दत गर्ने जवाफ दिएका छन् ।

Published : Wednesday, 2025 May 21, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया