बाँफीकोटका प्रमुख प्रशासकीय अधिकृतसहित ४ कर्मचारीविरुद्ध २१ लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओलीसहित ४ जनाविरुद्ध विशेष अदालतमा अभियोगपत्र दायर गरेको छ ।

बुधबार ओलीसहितका कर्मचारीहरूविरुद्ध आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । दायर गरेको भ्रष्टाचारको मुद्दामा प्रमुख प्रशासकीय अधिकृत ओलीविरुद्ध २१ लाख ६३ हजार ८ सय ६५ रुपियाँ ४४ पैसा बिगो मागदाबी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रमुख प्रशासकीय अधिकृत ओलीसहित प्राविधिक दलबहादुर ओली, लेखापाल महेन्द्र शर्मा र पिपलकाँडा मेलगैरी सडक योजनाको निर्माण कार्य गर्ने कम्पनी मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोट र त्यसका प्रोपराइटर शान्तबहादुर बस्नेतविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।

रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका वडा नं. २ पिपलकाँडा मेलगौरी सडकखण्ड निर्माण योजनाको लागि संघीय सरकारबाट प्राप्त रकमध्येबाट लागत अनुमान भ्याटसहित १ करोड ९९ लाख ८२ हजार ७ सय ९३ रुपियाँ ३० पैसा भएको थियो ।

बाँफीकोट गाउँपालिका र मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोटबीच ७७ लाख ४४ हजार ५ सय ७० रुपियाँ ५२ पैसा मा सम्झौता भई भएको निर्माण कार्य फिल्ड प्रतिवेदनअनुसार फिल्डमा २९०० मिटर मात्र बाटो निर्माण भएकोमा नापीकिताबमा ३७०० मिटर उल्लेख गरी फिल्डमा भएको कामभन्दा बढी सडक निर्माण भएको भनी नापी किताब तयार गरेको लागत अनुमान, सम्झौता पत्र र जिल्ला दररेटअनुसार कार्य सम्पन्न भएको भनी प्राप्त भएको अनुगमन प्रतिवेदनमा अनुगमन गर्ने पदाधिकारीहरूको हस्ताक्षरहरूको हस्ताक्षर नै नभएकोले प्रतिवादीहरूको मिलेमतो र संलग्नतामा बदनियतपूर्वक निर्धातिर मापदण्ड विपरीत भएको निर्माण कार्यलाई लुकाई छिपाई मापदण्ड बमोजिम भएको भनी नभए, नगरेको कामको समेत भए गरेको निर्माण कार्य सम्पन्न प्रतिवेदन र अनुगमन प्रतिवेदन तयार गरी गराई त्यसको आधारमा २१ लाख ६३ हजार ८ सय ६५ रुपियाँ ४४ पैसा निर्माण व्यवसायीलाई बढी भुक्तानी दिने, लिने कार्य गरी बाँफीकोट गाउँपालिकालाई हानी नोक्सानी र आफूहरूलाई गैरकानूनी लाभ पुर्‍याउने कार्य गरेको पुष्टि भएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

000

अख्तियार दुरुपयोग अनुसन्धान आयोग

टङ्गाल, काठमाडौं

मिति: २०८२।०२।०७ गते ।

प्रेस विज्ञप्ति

विषय: आरोपपत्र दायर गरिएको ।

जिल्ला रुकुम पश्चिम, बाँफीकोट गाउँपालिका वडा नं. २ मा पिपलकाँडा मेलगौरी सडक खण्ड निर्माण योजनामा अनियमितता गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा आ.व. २०७९.८० मा जिल्ला रुकुम पश्चिम पिपलकाँडा मेलगैरी सडक निर्माण योजनाको लागि संघीय सरकारबाट प्राप्त रकममध्येबाट लागत अनुमान भ्याट सहित रु.१,९९,८२,७९३.३७ कायम भएको उक्त योजना सञ्चालनको लागि बाँफिकोट गाउँपालिका, रुकुम पश्चिम र मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोटबीच रु.७७,४४,५७०.५२ मा सम्झौता भई भएको निर्माण कार्य फिल्ड प्रतिवेदनअनुसार फिल्डमा २९०० मिटर मात्र बाटो निर्माण भएकोमा नापी किताबमा ३७०० मिटर उल्लेख गरी फिल्डमा भएको कामभन्दा बढी सड्क निर्माण भएको भनी नापी किताब तयार गरे गराएको, लागत अनुमान, सम्झौता पत्र र जिल्ला दररेट अनुसार कार्य सम्पन्न भएको भनी प्राप्त भएको अनुगमन प्रतिवेदनमा अनुगमन गर्ने पदाधिकारीहरूको हस्ताक्षर नै नभएकोले प्रतिवादीहरूको मिलेमतो र संलग्नतामा बदनीयतपूर्वक निर्धारित मापदण्ड विपरीत भएको निर्माण कार्यलाई लुकाइ छिपाइ मापदण्ड बमोजिम भएको भनी नभए नगरेको कामको समेत भए गरेको भन्ने झुट्टा एवं गलत कार्य सम्पन्न प्रतिवेदन र अनुगमन प्रतिवेदन तयार गरी गराइ सोको आधारमा रु.२१,६३,८६५.४४ निर्माण व्यवसायीलाई बढी भुक्तानी दिने/लिने कार्य गरी बाँफिकोट गाउँपालिका, रुकुम पश्चिमलाई हानी नोक्सानी र आफूहरूलाई गैरकानूनी लाभ पुर्‍याउने कार्य गरेको पुष्टि भएको हुँदा उक्त कार्यमा संलग्न देहायका प्रतिवादीहरूउपर देहायबमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरिएको छ ।

देहाय

सि.नं. नामथर, पद र कार्यालय बिगो रू. कसुर तथा सजायको मागदाबी

1 बाँफिकोट गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, रुकुम पश्चिमका प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओली रू.२१,६३,८६५.४४ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असूल उपर हुन एवं गलत प्राविधिक मूल्याङ्‍कन प्रतिवेदन तयार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसूर गरेकोले सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय हुन मागदावी लिइएको छ ।

2 बाँफीकोट गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, रुकुम पश्चिमका प्राविधिक खा.पा.स.टे. दलबहादुर ओली रु.२१,६३,८६५.४४ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असूल उपर हुन एवं गलत प्राविधिक मूल्याङ्‍कन प्रतिवेदन तयार गरेकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) बमोजिमको कसूर गरेकोले सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमको कैद र जरिवाना समेतको सजाय हुन मागदाबी लिइएको छ ।

3 बाँफीकोट गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, रुकुम पश्चिमका लेखापाल महेन्द्र शर्मा रू.२१,६३,८६५.४४ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ग) र (ङ) बमोजिमको कसूरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगो बमोजिम जरिवाना गरी बिगो असूल उपर हुन मागदाबी लिइएको छ ।

4 पिपलकाँडा मेलगैरी सडक योजनाको निर्माण कार्य गर्ने कम्पनी मालिका बस्नेत निर्माण सेवा छेडागाड, जाजरकोट र सोका प्रोपाइटर शान्तबहादुर बस्नेत रु.२१,६३,८६५.४४ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (1) को देहाय (ग) र (ङ) बमोजिमको कसूर जन्य कार्यको नगद तथा अन्‍य प्रकृति गैरकानूनी लाभ लिने मतियार भई सोही ऐनको दफा 22 बमोजिमको मतियारको कसूर भएको हुँदा सोही ऐनको दफा दफा ८ को उपदफा (1) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा 22 को प्रतिवन्धात्मक वाक्याश बमोजिम मुख्य कसूरदारलाई हुने सजाय सरह सजाय गरी बिगो असुल उपर हुन मागदावी लिइएको छ ।

प्रवक्ता

राजेन्द्रकुमार पौडेल

Published : Wednesday, 2025 May 21, 5:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया