विमानस्थल अध्यागमनको जिम्मेवारी कोइरालाले पाए, भट्टराई गृहमा तानिए

काठमाडौं । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृतको जिम्मेवारीमा हेरफेर गरेको छ ।

मन्त्रालयले सह–सचिव विष्णुप्रसाद कोइराला विमानस्थलको अध्यागमनको जिम्मेवारी दिएको हो । काइराला पाँचथरमा प्रमुख जिल्ला अधिकारी थिए । गृहमन्त्रीस्तरीय निर्णयबाट कोइरालालाई अध्यागमनमा पठाइएको छ ।

विमानस्थलको अध्यागमनमा कार्यरत तीर्थराज भट्टराईलाई गृह मन्त्रालयमा सरुवा गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

भट्टराईलाई २०८१ असोज २३ गते प्रमुख अध्यागमनको जिम्मेवारी दिइएको थियो ।

Published : Wednesday, 2025 May 21, 4:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया