अहँकार र घमण्डले उन्माद राजु पाण्डेलाई प्रारम्भीक कारबाही, हातमा पुग्यो स्पष्टीकरण पत्र

काठमाडौं । पदीय जिम्मेवारी र हैसियतभन्दा बाहिर गएर कार्य गरेको अभियोग लागेका काठमाडौं महानगरपालिका प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई काठमाडौं महानगरपालिकाले स्पष्टीकरण सोधेको छ ।
मंगलबार प्रमुख प्रशासकीय अधिकृत सरोज गुराराईंले पाण्डेलाई स्पष्टीकरण सोधेका हुन् । पाण्डेले आफूलाई स्पष्टीकरण आएको स्वीकारेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत गुरागाईं आफ्नो जिम्मेवारी सम्हाल्न काठमाडौं महानगरपालिकाको कार्यालयमा रहेको कार्यकक्षमा प्रवेश गर्न खोज्दा पाण्डेले अवरोध गरेका थिए ।
पाण्डेलाई सात बुँदे स्पष्टीकरण सोधिएको छ । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’को आदेश बाहेक अन्य कसैलाई नटेर्ने पाण्डका दिनगन्ती शुरु भएका छन् । बालेनको अहँकार र घमण्डले गर्दा पाण्डे स्पष्टीकरणको कारबाहीमा परेका छन् ।
कर्मचारीका रुपमा आफूले पालना गर्नुपर्ने आचरण तथा अनुशासन समेत पालना नगरेको, सञ्चार माध्यममा अनधिकृत बयानवाजी गरेको, जनप्रतिनिधिहरूसँग मुखमुखै लागि अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिएको आदेश पालना नगरी वातावरणलाई नियोजित ढङ्गले उत्तेजित बनाई द्वन्द्व निम्त्याउने काम गरेको विषय स्पष्टीकरणको पत्रमा उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेशमा बाटो छेकी अवरोध गरेको विषय पनि पत्रमा रहेको छ । काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेलाई ७ दिनभित्र रितपूर्वक स्पष्टीकरण पेस गर्न निर्देशन दिइएको छ ।
म्यादभित्र स्पष्टीकरण नबुझाएमा वा स्पष्टीकरण चित्तबुझ्दो नभए कानून बमोजिम कारबाही गर्ने पत्रमा उल्लेख छ ।
पाण्डेको अहँकार र घमण्ड पनि काठमाडौं महानगरमा निकै बढेको छ । उनले आफूलाई सर्वोसर्वा ठान्ने गरेका छन् । पाण्डेबाट धेरै जना पीडित बनेका छन् । काठमाडौं महानगर प्रहरीमा पाण्डेभन्दा वरिष्ठ सुरक्षा कर्मचारीहरू छन् ।
पाण्डे विवादित व्यक्ति हुन् । ठमेलतिर उनको दैनिक बास हुन्छ । पाण्डेले अब काठमाडौं महानगरको मेयरमा उम्मेदवार बन्छु भनेर बेलाबेला गफ पनि दिने गरेको चर्चा महानगरपालिकाभित्र छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया