यी ११ जना डीआइजी सिफारिसमा पर्दा चौधरी छुटे, शाह एआईजी बने

काठमाडौं । गृह मन्त्रालयले ११ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ ।

गृह मन्त्रालय बढुवा समितिको मंगलबार बसेको बैठकले एसएसपीहरू सदर्शनप्रसाद कोइराला, विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, माधवप्रसाद श्रेष्ठ, दिलिपसिंह देउवा, दीपककुमार बस्नेतलाई डीआईजी बढुवाका लागि सिफारिस गरेको छ ।

एसएसपी ओमबहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्रबहादुर गुरुङ पनि डीआईजी बढुवामा परेका छन् ।

एसएसपी शारदाप्रसाद चौधरी डीआईजी हुन छुटेका छन् । एसएसपीबाट डीआईजीमा बढुवाको मौका कुरेर बसेका चौधरी अन्तिम समयमा छुटेका छन् ।

यसैबीच, बढुवा समितिले डीआईजी सिद्धिविक्रम शाहलाई एआईजी बढुवामा सिफारिस गरेको छ । निकै विवादित छविका शाह एआईजी बन्ने मौका पाएका छन् ।

शाहले कमाण्ड सम्हालेका बेला काेरिया जानेहरूकाे आन्दाेलन दमन गर्दा ललितपुरमा गोलीकाण्ड भएकाे थियाे । त्याे बेला गाेली लागेर मानिसहरूको मृत्यु भएको थियो ।

रौतहटमा प्रहरी प्रमुख रहेका बेला पत्रकारलाई लागुऔषध हालेर फसाउन खोजेका थिए । शाह निकै विवादित प्रहरी मानिन्छन् ।

Published : Tuesday, 2025 May 20, 9:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया