सिन्धुपाल्चोकमा एमाले-माओवादीका एक सय कार्यकर्ता कांग्रेस प्रवेश, मोहन बस्नेतद्वारा स्वागत

लिसंखुपाखर । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले एमाले, माओवादीसहितका विभिन्न दल परित्याग गरेका करीव एक सय नेता, कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका छन् ।
सोमबार सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नं. २ नारगाउँ र ककलिङ घ्याङडाँडा सम्पन्न भएको खानेपानी आयोजनाको उद्घाटन तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता बस्नेतले एमाले र माओवादी केन्द्रसहितका विभिन्न दल परित्याग गरेर कांग्रेस प्रवेश गरेका सयौँ नवप्रवेशीहरूलाई कांग्रेसको सदस्यता प्रदान गरेर पार्टीमा भित्र्याएका हुन् । बस्नेतले नवप्रवेशीहरूलाई कांग्रेसमा योग्यता र क्षमताअनुसार जिम्मेवारी दिइने बताए ।
कार्यक्रममा बागमती प्रदेश सभाकी सदस्य मसिना खड्का भण्डारी, बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेत, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहरा, भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नोर्बु लामा लगायतको उपस्थिति रहेको थियो ।
नेपाली कांग्रेस लिसंखुपाखर गाउँपालिकाका सभापति जेठा तामाङले नवप्रवेशीहरूलाई खादा र अबिर लगाइदिएका थिए ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया