प्रधानमन्त्री ओलीको निर्देशन सत्य हो भने बालेनको घमण्ड र अहँकार चुरचुर हुन्छ

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’लाई मूल समितिबाट हटाउन निर्देशन दिएको भनेर केही अनलाइनहरूमा समाचार आएका छन् ।

नगरप्रमुख बालेनलाई मूल समितिबाट हटाउन निर्देशन दिएका हुन् भने प्रधानमन्त्री ओलीले निकै प्रशंसनीय कार्य गरेका छन् । आफूलाई अहँकारी, घमण्डी र सर्वशक्तिशाली ठान्ने बालेनलाई ओलीले ठेगानमा ल्याउन मूल समितिबाट हटाउन गरेको प्रस्ताव २ सय प्रतिशत उचित छ । ओलीको निर्देशन हो भने बालेनको घमण्ड र अहँकार चक्नाचुर हुनेछ ।

सामाजिक सञ्जालमा लोकप्रिय बालेनको लोकप्रियतामा पछिल्लो समयमा ह्रास आउन थालेको छ । बालेनका उछृङ्खल हर्कतलाई अंकुश लगाउन प्रधानमन्त्री ओलीको कमद निकै उचित छ । बालेन एक्लिदै गएका छन् ।

सोमबार सिंहदरबारमा बसेको गणतन्त्र दिवस, मूल समारोह समितिको बैठकमा नगरप्रमुख बालेन अनुपस्थित रहेका थिए । बालेनलाई नदेखेपछि ओलीले नाम नलिएर बैठकमा नआउने र बहिस्कार गर्ने मूल समारोह समितिमा राख्न आवश्यक नरहेको भन्दै हटाउन निर्देशन दिएको समाचारहरूमा उल्लेख छन् ।

बालेन समितिको अघिल्लो वर्षको बैठकमा पनि अनुपस्थित भएका थिए । सोमबारको बैठकमा पनि बालेन अनुपस्थित भएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले बैठकमा चासो राखेका थिए ।

प्रधानमन्त्री ओलीले निर्देशन दिएकै हो भने मूल समारोह समितिको पदेन सदस्यमा काठमाडौं महानगरका नगरप्रमुख रहने व्यवस्था हटाइनेछ ।

Published : Monday, 2025 May 19, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया