सम्सी–गौशाला सडकखण्डबाट अबैध रकमसहित नेपाल र भारतका दुई व्यक्ति पक्राउ

जलेश्वर । जिल्ला प्रहरी कार्यालय, महोत्तरीले श्रोत नखुलेको ८ लाख रुपियाँसहित दुई जनालाई पक्राउ गरेको जनाएको छ ।
जेठ ४ गते औरही नगरपालिका वडा नं. ४ कठूधारस्थित सम्सी–गौशाला सडकखण्डबाट ८ लाखसहित २५ वर्षीय रवि साह र २० वर्षीय रितेश साहलाई पक्राउ गरिएको सूचना अधिकारी (डीएसपी) शैलेन्द्रकुमार भट्टद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

मधेश प्रदेश ०२–००७ प ९६८१ नम्बरको मोटरसाइकल चेकजाँचका क्रममा सम्सी गाउँपालिका डा नं. ७ बस्ने रवि साह र भारतको सीतामढी कन्वा २ बस्ने रितेश साहलाई पक्राउ गरिएको थियो ।
पक्राउ परेका दुबै जनालाई महोत्तरी प्रहरीले अदालतमा उपस्थित गराइ अनुसन्धानका लागि ७ दिनको म्याद लिएको छ ।
Published : Monday, 2025 May 19, 6:22 pm
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया