तरुण दल फाल्गुनन्दको अध्यक्षमा घिमिरेको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन

फाल्गुनन्द । नेपाल तरुण दल, फाल्गुनन्द गाउँपालिका, पाँचथरको अध्यक्षमा अध्यक्षमा गोपाल घिमिरे चयन भएका छन् ।
फाल्गुनन्दमा सोमबार भएको अधिवेशनबाट घिमिरेको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरिएको हो ।
उपाध्यक्षहरूमा अइन्द्र फुयाल र अर्चना नेम्वाङ, सचिवमा रोशन रिजाल र दीपेन्द्र नेम्वाङ, सह–सचिवमा देउकुमार आङदेम्वे र सेसेहाङ चेम्जोङ तथा कोषाध्यक्षमा अमर नेम्वाङ चयन भएका छन् । ९ जना जिल्ला प्रतिनिधिका चयन भएको तरुण दल पाँचथरले जनाएको छ ।
पाँचथर जिल्लाका ८ वटा स्थानीय तह छन् । तरुण दलले ६० मध्ये ४० भन्दा धेरै वडाको वडा अधिवेशन सम्पन्न गरेको तरुण दलले छ ।
अधिवेशनबाट खुल्ला, महिला, दलित, खस आर्य, द्वन्द्वपीडितबाट ९ जना जिल्ला अधिवेशन प्रतिनिधि चयन भएका छन् ।
नेपाल तरुण दल, पाँचथरका अध्यक्ष सुमन लामाले तरुणहरू नेपाली कांग्रेसको मेरुदण्ड भएको बताउँदै अनुशासित ढङ्गले अघि बढी निर्देशन दिएका छन् । उनले बेथितिलाई चिर्दै राष्ट्रको हित र विकासमा तरुणहरू लाग्नुपर्ने बताएका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया