रोल्पा घर भएका रुद्र र राकेश अफिमसहित काठमाडौंमा पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय काठमाडौंले १ हजार ६० ग्राम लागुऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।
जेठ ४ गते काठमाडौंको पकनाजोलबाट अफिम जस्तो देखिने कालो बस्तुसहित ४५ वर्षीय रुद्रबहादुर थापा र ३६ वर्षीय राकेश परियार रहेको सूचना अधिकारी (एसपी) अपीलराज बोहराले बताए ।
पक्राउ परेका रुद्रबहादुर थापा र राकेश परियार रोल्पाको सुनिल स्मृतिगाउँपालिका वडा नं. ५ निवास हुन् ।
उनीहरूको साथबाट अफिम जस्तो देखिने गिलो रुपमारहेको कालो बस्तु १०६० ग्राम, मोबाइल, कालो रंगको झोला, ३ थान मोबाइल पनि बरामद भएको छ ।
Published : Monday, 2025 May 19, 8:10 am
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया