जयबागेश्वरीमा काठमाडौं, धादिङ र बागलुङका जुवाडेहरू पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले जुवातास खेलिरहेको अवस्थामा १ लाख बढि रकमसहित ७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

जेठ ३ गते काठमाडौंको जयबागेश्वरीस्थित पशुपति विकास कोषको अमालकोटको पाले सुत्ने घरमा जुवातास खेलिरहेको सूचनाका अधारमा प्रहरीले छापामारेको जनाएको छ ।

प्रहरी टोलीले १ लाख ७ हजार ९ सय १५ रुपियाँ र चार बुक ताससहित नियन्त्रणमा लिएर काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि पेस गरेको विज्ञप्तिमा उल्लेख छ । उनीहरूलाई अनुसन्धानका लागि अदालतले ५ दिनको म्याद थप अनुमति दिएको छ ।

पक्राउ पर्नेमा काठमाडौंको जयबागेश्वरी बस्ने वर्ष ६६ को भस्म संगत, ६७ वर्षीय कविन्द्र भण्डारी, ५९ वर्षीय ईश्वरराज भण्डारी, ४५ वर्षीय अनुज संगत, ५६ वर्षीय बुद्धि तामाङ, धादिङको गजुरी घर भइ हाल जयबागेश्वरी बस्ने ४३ वर्षीय देवीबहादुर अधिकारी र बागलुङको काठेखोला गाउँपालिका घर भइ हाल जयबागेश्वरी बस्ने वर्ष ४५ को रेशम सिजाली रहेको सूचना अधिकारी एसपी अपीलराज बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2025 May 19, 7:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया