अनामनगरबाट १० जना जुवाडेहरू रकमसहित पक्राउ, रोल्पाका डाँगी पनि नियन्त्रणमा

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले जुवातास खेलिरहेको अवस्थामा २ लाख ५० हजारभन्दा धेरै रकमसहित १० जनालाई नियन्त्रणमा लिएको छ ।
शनिबार काठमाडौंको अनामनगरस्थित कोठा भाडामा लिएर जुवातास खेलाउने दोलखाको भीमेश्वर नगरपालिका वडा नं. ७ घर भइ हाल भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ३ बस्न वर्ष ४० को रामजी बस्नेतलगायत १० जनालाई पक्राउ गरिएको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रहरीले जुवातास खेलिरहेको अवस्थामा २ लाख ५७ हजार ४ सय रुपियाँ र ९ बुक तास, १० थान मोबाइल नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूलाई काठमाडौं जिल्ला अदालतमा पेश गरेर अनुसन्धानका लागि ५ दिनको म्याद लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा दोलखाको भीमेश्वर घर भइ भक्तपुरको मध्यपुर ठिमी बस्ने वर्ष ४० का रामजी बस्नेत, तामाकोशी गाउँपालिका घर भइ चाबहिल बस्ने वर्ष ४७ का किशोर सुनुवार, रोल्पाको परिवर्तन गाउँपालिका २ घर भइ हाल काठमाडौंको गोकर्णेश्वर बस्ने वर्ष ५१ को देवानन्द डाँगी, भोटेकोशी घर भइ काठमाडौं बस्ने वर्ष ५० को ङावाङ्ग दोर्जे शेर्पा, भोटेकोशी घर भइ हाल बुढानिलकण्ठ बस्ने वर्ष ५५ का नरध्वज श्रेष्ठ रहेका छन् ।
भोटेकोशी घर भइ हाल गोकर्णेश्वर बस्ने वर्ष ४० का दावा शेर्पा, बाह्रबिसे घर भइ हाल काठमाडौं बस्ने वर्ष ४३ की गौरी न्यौपाने, सोलुखुम्बुको सुनकोशी घर भइ हाल चाबहिल बस्ने वर्ष १९ का पवन कार्की र बाजुराको शमिकार्तिक घर भइ हाल घट्टेकुलो बस्ने वर्ष ४० का सागर ठकुरी रहेको विज्ञप्तिमा उल्लेख छ ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया