काठमाडौंसहित विभिन्न स्थानबाट जुवातास खेल्ने ३२ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौंसहित विभिन्न स्थानबाट ३२ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६६ वर्षीय भीम संगत समेत ७ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ९ सय १५ रूपियाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

काठमाडौं महानगरपालिका–२९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ बस्ने दोलखा भिमेश्वर नगरपालिका–७ घर भएका ४० वर्षीय रामजी बस्नेतसमेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५७ हजार ४ सय रूपियाँ र ९ बुक तास सहित पक्राउ गरेको छ ।

उता, कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बजारस्थित पर्वत होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक ४० वर्षीय केशव राज जोशी समेत ७ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २३ हजार ८ सय ३५ रूपियाँसहित पक्राउ गरेको छ ।

यता, तनहुँको व्यास नगरपालिका–११ रानीगाउँस्थित बिष्णु पौडेलले संचालन गरेको साथीभाई कटेजबाट जुवातास खेलिरहेको अवस्थामा बिष्णु समेत ८ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४९ हजार २० रूपियाँ र ४ बुक तास सहित पक्राउ गरेको छ ।

Published : Sunday, 2025 May 18, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया