सिहारमा ५५ लाख अबैध रकम बरामद, ५ जना पक्राउ

लहान । जिल्ला प्रहरी कार्यालय सिरहाले ५५ लाख रुपियाँ र दुई सय ग्राम ब्राउन सुगरसहित ५ जनालाई पक्राउ गरेको छ ।
लहान नगरपालिका–२२ लबटोलीका ३२ वर्षीय दिनेशकुमार यादव र उनकी बहिनी २६ वर्षीया किरणकुमारी यादवबाट ५५ लाख रुपियाँ बरामद भएको छ । उनीहरूको साथमा दुई सय ग्राम ब्राउन सुगर पनि बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माका अनुसार सुरुमा शुक्रबार साँझ ७ बजेको को ५ प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा हिँडिरहेको अवस्थामा चेकजाँच गर्दा उनीहरूका साथबाट २१ ग्राम ब्राउन सुगर, ५१ हजार ४ सय ५० रुपियाँ र दुई थान मोबाइल मात्र बरामद भएको थियो ।
उनीहरूको घरका कोठाहरू खानतलासी गर्दा थप १ सय ८० ग्राम ब्राउन सुगर, ५४ लाख १४ हजार २ सय ८५ नेपाली र ३५ हजार ७ सय ८० भारतीय रुपियाँ बरामद भएको थियो ।
उनीहरूका साथबाट जम्मा ५५ लाख २२ हजार ९ सय ८३ रुपियाँ नगद, २ सय १ ग्राम ब्राउन सुगर, एक थान डिजिटल तराजु र ६ थान मोबाइल बरामद भएको सिरहा प्रहरीले जनाएको छ ।
यसैबीच, प्रहरीले स्रोत नखुलेको अवैध रकमसहित सिरहा नगरपालिका–१७ का ४५ वर्षीय सञ्जय कारक शनिबार दिउँसो सिरहा–२ स्थित महावीर चोकबाट १६ लाख ३८ हजार ३ सय ७० रुपियाँसहित पक्राउ गरेको छ ।
यसैगरी, सिरहाबाट थप दुई जना पनि लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । औरही गाउँपालिका–३ का २० वर्षीय कृष्णकुमार यादव र १९ वर्षीय निरज रायलाई प्रहरीले ७ सय १० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
उनीहरूलाई बरियारपट्टी गाउँपालिका–३ बाट शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका पाँच जनालाई आइतबार प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया