रसुवा भन्सारमा चीनबाट भित्रिएको सातकिलो सुन बरामद

काठमाडौं । रसुवा भन्सार नाकाबाट करिब ७ किलो ६ सय ग्राम सुन बरामद भएको छ ।
आइतबार केरुङबाट स्याउ लिएर आएको कन्टेनरमा ७ किलो सात सय ग्राम सुन बरामद भएको रसुवा भन्सार कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले बताए ।
७ वटा बिस्कुट र केही साना टुक्रामा रहेको सुन बरामद भएको छ । सुनको तौल करिब ७ किलो ६ सय ग्राम रहेको छ ।
सीमावर्ती चिनियाँ बजार केरुङबाट सुन आइरहेको छभन्ने सुराकीका आधारमा नाकामा खानतलासी गर्दा सुन बरामद भएको थियो । चालकको सिटनजिकै फल्स बटम बनाएर सुन राखिएको थियो ।
चालकलाई नियन्त्रणमा लिइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । थप जाँचका लागि सुन बैंकमा लगिएको छ ।
Published : Sunday, 2025 May 18, 6:30 pm
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया