पोखरा १५ अर्ब घोटालामा मुछिएका प्रदीपको प्वाँख काटिने बेला आयो, विधेयकहरू समितिमा सर्वसम्मत गए

काठमाडौं । प्रतिनिधि सभाले नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी दुई विधेयक सम्बन्धित समितिमा दफाबार छलफलका लागि पठाएको छ ।
आइतबार बसेको संसदको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले दुवै विधेयकलाई दफाबार छलफलका लागि समिति पठाउने प्रस्ताव पेस गरेका थिए । सभामुख देवराज घिमिरेले ध्वनि मतका आधारमा प्रस्ताव सर्वसम्मत रूपमा स्वीकृत भएको घोषणा गरेका छन् ।
दुबै विधेयक प्रतिनिधिसभा अन्तर्गतका अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा दफाबार छलफल हुनेछन् । समितिबाट छलफलपछि प्रतिवेदन सहित पुनः प्रतिनिधिसभामा प्रस्तुत गरिनेछ ।
सरकारले यी विधेयक आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत समावेश गरिसकेको छ । प्रस्तावित विधेयक अनुसार हालको नागरिक उड्डयन प्राधिकरणलाई दुई वटा संस्थामा विभाजन गरिनेछ ।
नियामक निकायका रूपमा नेपाल नागरिक उड्डयन प्राधिकरण र सेवा प्रदायक संस्थाका रूपमा नेपाल हवाई सेवा प्राधिकरण रहने छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा ११ तहका प्रदीप अधिकारी तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई प्रभावमा पारेर आएपछि प्राधिकरणभित्र बेथिति र हवाई दुर्घटनाहरू बढेका थिए । त्यसपछि प्राधिकरण बचाउन र हवाई सुरक्षाका लागि प्राधिकरणलाई विभाजन गर्ने विधेयक आएको छ ।
प्राधिकरणमा १२ तहका ६ जना हुँदाहुँदै अधिकारीले आलेलाई प्रभावमा पारेर महानिर्देशक हत्याएका थिए । महानिर्देशक अधिकारी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको झण्ड १५ अर्ब घोटाला प्रकरणमा लेखा समितिको उपसमितिको प्रतिवेदनमा पहिलो नम्बरमा कारबाही सिफारिसमा परेका छन् ।
प्राधिकरण विभाजन हुनेवित्तिकै महानिर्देशकका रुपमा हालिमुहाली गर्दै आएका अधिकारीको प्वाँख काटिनेछ । अधिकारीको दादागिरी अन्त्य हुनेछ ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया