आईजीपी थापाद्वारा शान्ति कायम राख्न प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिकाको प्रशंसा

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले हाल देखिएका सुरक्षा चुनौतिलाई अवसरको रूपमा बदल्नुपर्ने बताएका छन् ।
आइतबार काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहत कार्यालयका प्रमुख एवम् कार्यरत प्रहरी अधिकृत, जवानहरूलाई नेपाल पुलिस क्लब भृकुटीमण्डपमा सम्बोधन गर्दै थापाले सबै प्रहरी कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्ने बताए । उनले उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताए ।
व्यावसायिक कार्यशैली, आन्तरिक सुदृढीकरण एवम् शुद्धीकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा प्रवाह प्रहरी संगठनको प्राथमिकता रहेको आईजीपी थापाले बताए । उनले नागरिकमैत्री सेवा प्रवाहमा कुनै पनि सम्झौता नगरी संगठनको नीति, निर्देशन र प्राथमिकतालाई मनन गरी व्यावसायिक निष्ठाका साथ कार्यसम्पादन गर्नुपर्ने बताए ।
आईजीपी थापाले हालसम्म उपत्यकाको शान्ति सुव्यवस्था कायम राख्न सबै प्रहरी कर्मचारीहरूले निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताए । उनले उपत्यकामा हुने विविध गतिविधि तथा घटनाहरूप्रति थप संवेदनशील भई सुरक्षित उपत्यकाको अवधारणा अनुरूप कार्य गर्न निर्देशन दिएका छन् ।
उनले सभ्य बोलीवचन र शिष्ट व्यवहारका साथ थप संयमित एवम् अनुशासित भई आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्न निर्देशन दिए ।
सामुहिक भावनामा केन्द्रित भएर प्राप्त जिम्मेवारीलाई नविनतम् ढंगले सम्पादन गर्न आईजीपी थापाले बताए ।
आईजीपी थापाले शान्ति सुव्यवस्था कायम राख्न सूचना संकलन तथा विश्लेषणमा थप सक्रिय हुनुपर्ने बताए । उनले अन्य सुरक्षा निकायसँग सहकार्य तथा समन्वय गर्दै कुनै पनि घटनाहरूको सूचना प्राप्त हुनासाथ तत्कालप्रहरी परिचालन गरी प्रभावकारी प्रहरी सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने बताए ।
विरोध एवम् प्रदर्शन जस्ता गतिविधिलाई नियन्त्रण तथा व्यवस्था गर्न बल प्रयोगको सिद्धान्त अनुरूप थप संवेदनशील भई कार्य गर्न उनले निर्देशन दिएका छन् ।
सम्भावित सुरक्षा चुनौतिहरूको सुक्ष्म विश्लेषण गरी उचित रणनीति तयार गरी मजबुद सुरक्षा व्यवस्थापनको लागि प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने उनले बताए ।
चुनौतिका रूपमा देखिएका नयाँ प्रवृत्तिका अपराधका घटनाहरू नियन्त्रण तथा न्यूनीकरणमा विशेष ध्यान दिई प्रमाणमुखी अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने थापाले बताए ।
हिरासत व्यवस्थापनमा विशेष संवेदनशील हुनुपर्ने बताउँदै थापाले फरार प्रतिवादी पक्राउ तथा फैसला कार्यान्वयनमा समेतथप सक्रिय हुनपर्ने बताए । उनले ट्राफिक व्यवस्थापनमा देखिएका कमी कमजोरीहरूलाई सम्बोधन गर्दै निष्पक्ष सेवा प्रवाह गर्नुपर्ने बताएका छन् ।
आईजीपी थापाले नागरिक केन्द्रित सेवा प्रवाहमा जोड दिँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गका समस्यालाई प्राथमिकतामा राखी जनपक्षीय प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिए ।
नागरिकका समस्यालाई सम्बोधन गर्न स्थानीय तहका सबै सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने उनले बताएका छन् ।
प्रहरी कर्मचारीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गरी उच्च मनोबल सहित थप उत्प्रेरित बनाई प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने आईजीपी थापाले बताए ।
आ–आफ्नो कार्यक्षेत्रमा विपद् व्यवस्थापनको निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उनले बताएका छन् ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया