सभापति देउवाद्वारा ओखलढुङ्गाका पूर्वसभापति कोर्मोचाको निधनप्रति गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओखलढुङ्गा कांग्रेसका पूर्वसभापति महेश कोर्मोचाको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।
आइतबार कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी शोक वक्तव्यअनुसार सभापति देउवाले कोर्मोचाको निधनको खबरले दुखित् र मर्माहत बनाएको बताएका छन् ।
देउवाले भने, ‘नेपाली कांग्रेस ओखलढुंगाका पूर्व सभापति, पूर्व जिविस सभापति एवं लोकतान्त्रिक आन्दोलनका अथक योद्धा महेशकुमार कोर्मोचाको निधनको खबरले मलाई अत्यन्त दुखित र मर्माहत बनाएको छ ।’
‘स्वर्गीय कोर्मोचाले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा निर्वाह गर्नु भएको नेतृत्वदायी भूमिका पार्टीमा सदा स्मरणीय रहिरहनेछ,’ सभापति देउवाले भने ।
‘उहाँप्रति म भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु,’ देउवाले भने, ‘उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।’
ओखलढुङ्गा कांग्रेसका पूर्वसभापति कोर्मोचाको उपचारका क्रममा शनिबार ललितपुरमा करीव ७४ वर्षको उमेरमा निधन भएको थियो । कोर्मोचालाई नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, वीपीनगर, ललितपुरमा आइतबार बिहान राखेर अन्तिम श्रद्धाञ्जलि दिइएको छ ।
नेपाली कांग्रेसका सभापति देउवाले स्व.कोर्मोचाको शवमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्ति गरेको केन्द्रीय सदस्य रामहरि खतिवडाले बताए ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया