हामीसँग सहमति र सहकार्य बहेक अरु बिकल्प छैन : कांग्रेस केन्द्रीय सदस्य बस्नेत

बेशीसहर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाका सांसद जीतजंग बस्नेतले सहमति र सहकार्यको बिकल्प नरहेको बताएका छन् ।
शनिबार बेशीसहरमा नेपाल तरुण दल लम्जुङको ५औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै बस्नेतले भने, ‘साथीहरू ! नहुनुपर्ने घटना भयो । केही सानातिना घटना भए ।’
‘हामीसँग सहमति र सहकार्य बहेक अरु बिकल्प छैन,’ तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका नेता बस्नेतले भने, ‘नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरू एकजुट हुनुपर्छ । पार्टीलाई अगाडि बढाउनुपर्छ भन्ने मान्यता हो हाम्रो ।’
उनले भने, ‘तरुण दलको केन्द्रीय अध्यक्ष र म लम्जुङ तरुण दलको अधिवेशनमा आउनुको कारण पनि पार्टीलाई एक बनाएर अगाडि बढाउने भनेर आएका हौँ । पार्टीको संगठन सुदृढीकरणमा अझ मद्दत पुग्ने विश्वासका साथ आएका हौँ ।’
‘कुनै पनि साथीले कि हामी चाहिँ पार्टी बिगार्न आएका छौँ । कुनै गुटमा लागेर आएका छौँ, अथवा कसैको फेबरमा आएका छौँ भन्ने कल्पना नगरे हुन्छ,’ उनले भने ।
कांग्रेस नेता बस्नेतले भने, ‘राष्ट्रमा चुनौतीहरू देखिएका छन् । ती चुनौतीहरूको सामना नेपाली कांग्रेसले गर्नुपर्छ । हामीले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रमाथि धावा बोल्न थालिसकेका छन् । यी सम्पूर्णको सामना र प्रतिकार गर्ने र देशलाई विकास गर्ने, उन्नति गर्ने, सबै जातजाति भाषाभाषीलाई समान अधिकार दिने नेपाली कांग्रेसले बाहेक अरु कसैले गर्न सक्दैन ।’
‘धेरै राजनीतिक कुरा गर्ने विचार थियो । धेरै कुरा गर्ने थियो । तथापि घटना भयो । मेरो उद्देश्य भनेको म प्रमुख अतिथिका रुपमा आए पनि मेरो उद्देश्य भनेको पार्टीलाई एकजुट बनाउने हो । तरुणलाई एकजुट बनाउने हो’, नेता बस्नेतले भने ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया