हामीले खोजेको सहमति, सहकार्यलाई कमजोरी नठान्न आग्रह गर्दछु : तरुण अध्यक्ष गुरुङ

बेशीसहर । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले केन्द्रीय नेतृत्वले खोजेको सहमति, सहकार्यलाई कमजोरी नठान्न आग्रह गरेका छन् ।
शनिबार बेशीसहरमा नेपाल तरुण दल लम्जुङको ५औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले सहमति र सहकार्यलाई कसैले पनि कमजोरीका रुपमा लिन नहुने बताए ।
उनले भने, ‘कहिले काहिँ लाग्न सक्छ । तरुण दलको केन्द्रीय अध्यक्ष म आफै उपस्थित भएको छु । पूर्वअध्यक्ष आफै उपस्थित हुनुभएको छ । नेताहरूलाई म के आग्रह गर्न चाहन्छु भने हामीले खोजेको सहमति, सहकार्यलाई कमजोरी नठान्न पनि आग्रह गर्दछु । हाम्रो दायित्व हो, पार्टीभित्र रहेका युवाहरूलाई एकबद्ध बनाउने तरुण दलको दायित्व हो । त्यो दायित्वमा हामी रहेका छौँ ।’
अध्यक्ष गुरुङले अधिवेशनका क्रममा देखिएको अप्रिय कुरालाई लम्जुङ जिल्लाका शीर्ष नेताहरूसँग बसेर टुंगाउने बताए । उनले भने, ‘लम्जुङका शीर्ष नेताहरूसँग बसेर जसरी पनि नेपाल तरुण दल लम्जुङ जिल्लाको ५औँ महाधिवेशन सम्पन्न गर्ने नै छौँ । टुंगाउने छौँ । सहमतिबाट होस्, सम्वादबाट होस् या भोटिङबाट होस् लम्जुङ तरुण दलको अधिवेशन टुंगाएर जाने छौँ ।’
अध्यक्ष गुरुङले मुलुकमा जन्मिएका नयाँ राजनीतिक दलहरू स्वदेशी र विदेशी शक्तिहरूको आडमा आएको बताए । उनले भने, ‘मुलुक हामीले नबनाए अरु कसैले बनाउन सक्दैन । आज हामीले हेरिरहेका छौँ । विभिन्न नयाँ विचारहरूसँग छौँ । हाम्रो विरुद्धमा जति पनि नयाँ पार्टीहरू स्थापना भएका छन् । देशी, विदेशी शक्तिबाट कहिँन कहिँबाट सञ्चालित भएका छन् ।’
‘आज जति पनि पार्टी स्थापना भएका छन् । ती सबै नेपाली कांग्रेसको विरुद्धमा, तपाई हाम्रो विरुद्धमा छन् । यिनीहरूसँग भिड्नु छ,’ उनले भने ।
‘यिनीहरूको भ्रमलाई तोड्नु छ । त्यस्ता खाले संगठनहरू, विचारहरू भोलि पनि आउने छन् । मुलुकमा नेपाली कांग्रेसलाई कमजोर गराउन सकिदैन जबसम्म नेपाली कांग्रेस रहन्छ । नेपाली कांग्रेसमाथि चौतर्फी आक्रमण हुन्छ । नेपाली कांग्रेस स्थापनाकालदेखि यस्ता खालका समस्यादेखि लड्दै आएको छ,’ अध्यक्ष गुरुङले भने ।
‘जति पनि राम्रा काम भएका छन् नेपाली कांग्रेसको नेतृत्वमा भएको छ । नागरिकको घरघरमा गएर कांग्रेसले गरेको कामको बारेमा भन्नुपर्छ,’, उनले भने ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया