भन्सार छुट दिने योजनाको विरोध गर्नेले नै सबैभन्दा पहिले छुटमा गाडी किने : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस ठूलो पार्टी भएपनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको बताएका छन् ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा देउवाले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन गाह्रो हुने भएको बताए । बहुमत आउन नसकेका कारण मिलेर सरकार बनाउनुपर्ने र मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेको सभापति देउवाले बताए ।
देउवाले वर्तमान सरकारका कमीकमजोरी सुधार गर्दै अघि बढ्ने बताएका छन् । सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सबैको प्रतिनिधित्व संसदमा रहेको बताए ।
उनले २०४८ सालमा कांग्रेसको नेतृत्वको सरकार बनेपछि देशमा धेरै विकासका कामहरू भएको बताए । देउवाले अहिले पनि मुलुक विकासको बाटोमा अघि बढिरहेको बताएका छन् ।
सभापति देउवाले २०५२ सालमा आफू प्रधानमन्त्री हुँदा सांसदहरूलाई सुविधाका लागि सबैको सहमतिले गाडी खरिदमा भन्सार छुट दिने योजना ल्याएको स्मरण गरेका छन् । त्यसलाई विरोध गर्नेले पजेरो काण्ड भन्ने गरेको उनले बताए ।
त्यसबेला भन्सार छुट दिने योजनाको विरोध गर्नेले नै सबैभन्दा पहिले छुटमा गाडी किनेको सभापति देउवाले बताएका छन् ।
सभापति देउवाले प्रजातन्त्रमा बोल्न पाउने अधिकार भएकाले सोही विषयमा अहिलेपनि टीकाटिप्पणी हुनु ठूलो कुरा भएको बताएका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया