परराष्ट्रमन्त्री डा.राणा र जापानकी उपविदेशमन्त्री अकिकोबीच भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा र जापानकी उपविदेशमन्त्री इकुइनो अकिकोबीच भेटवार्ता भएको छ ।

शनिबार काठमाडौंमा डा.राणा र अकिकोबीच भेटवार्ता भएको हो । अकिको सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आएकी छिन् ।

भेटका अवसरमा परराष्ट्रमन्त्री डा.राणाले उपमन्त्री अकिकोलाई सगरमाथा संवादमा सहभागी भएकोमा धन्यवाद व्यक्त व्यक्त गरेकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले सिन्धुली–बर्दिबास सडक पुनर्निर्माण तथा मर्मत सम्भारका लागि सहयोग गरेकोमा जापान सरकारलाई धन्यवाद ज्ञापन गरेकी छिन् ।

गत वर्ष आएको बर्षाका कारण सिन्धुली–बर्दिबास सडकमा ठूलो क्षति पुगेको छ ।

जापान सरकारको अनुदानमा निर्मित सडकको मर्मत तथा पुनर्निर्माणका लागि नेपाल सरकारले अनुरोध गरेपछि जापानले सहयोग गर्ने भएको हो ।

परराष्ट्रमन्त्री डा.राणा र जापानी उपविदेशमन्त्री अकिकोबीच दुई देशको सम्बन्धका विविध विषयमा कुराकानी भएको छ । डा.राणाले नेपालको आर्थिक, सामाजिक लागायतका क्षेत्रमा विगत लामो समयदेखि जापानले पु¥याउँदै आएको सहयोगका लागि धन्यवाद दिएकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले नेपालले अन्तर्राष्ट्रिय मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायका पक्षमा ऐक्यवद्धता र सहयोगका लागि जापानसँग आग्रह गरेकी छिन् ।

Published : Saturday, 2025 May 17, 3:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया