परराष्ट्रमन्त्री डा.राणासँग किर्गिस्तानका राष्ट्रपतिका विशेष प्रतिनिधिद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग किर्गिस्तानका राष्ट्रपतिका विशेष प्रतिनिधि दिनारा केमेलोभाले भेट गरेका छन् ।
शनिबार काठमाडौंमा परराष्ट्रमन्त्री डा.राणासँग विशेष प्रतिनिधि केमेलोभाले भेट गरेका हुन् ।
भेटपछि डा.राणाले भनेकी छिन्, ‘हामीले पर्यटन, कृषि र जलविद्युतमा सहयोगलाई गहिरो बनाउने बारेमा छलफल ग¥यौं ।’
‘किर्गिस्तान र नेपालको समान भूगोललाई ध्यानमा राख्दै, म सगरमाथा संवाद मार्फत हाम्रा अद्वितीय जलवायु परिवर्तन चुनौतीहरूलाई सम्बोधन गर्न महामहिम केमेलोभासँग काम गर्न तत्पर छु,’ डा.राणाले भनेकी छिन् ।
सगरमाथा सम्वादमा सहभागी हुन किर्गिस्तानका राष्ट्रपतिका विशेष प्रतिनिधि केमेलोभा काठमाडौंमा आएका छन् ।
Published : Saturday, 2025 May 17, 11:59 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया