कांग्रेसकी लुम्बिनी प्रदेश सभाकी समानुपातिक सदस्य गिरीद्वारा ठूलो र अग्लो माइकको माग

मसुरिया । लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसकी समानुपातिक सदस्य निमा गिरीले होँचो र सानो भएको भन्दै असन्तुष्टि पोखेकी छिन् ।

शुक्रबार देउखुरीको मसुरियामा बसेको लुम्बिनी प्रदेश सभाको बैठकमा गिरीले माइकका कारण आफूलाई बोल्न समस्या भएको बताइन् । उनले बोल्नका लागि माइकको राम्रो व्यवस्था गर्न माग गरेकी छिन् ।

लुम्बिनी प्रदेश सभाकी समानुपातिक सदस्य गिरीले भनिन्, ‘यो माइक बुझिराखिएको छ होला पक्कै । यो के हुँदो रहेछ भने, यो माइक एउटा हातले समात्ने, अर्को हातले डाइरी समात्दा अलिक गाह्रो हुने रहेछ ।’

‘यही खर्चमै अर्को खालको माइक पनि सम्भव छ जस्तो लाग्छ,’, गिरीले भनिन्, ‘त्यो भएर यो पनि बुझिन्छ होला भनेर म यसरी नै बोलिराखेको छु ।’

अन्य प्रदेश सभा सदस्यहरूले यस्ता झिना मसिना कुरामा खासै ध्यान दिँदैनन् । आफ्नो जिल्लाको विकासमा आफूलाई केन्द्रित बनाउँछन् । तर, गिरीले यस्तै स–साना विषयमा बेलाबेला बबाल गर्दै आएकी छिन् ।

Published : Saturday, 2025 May 17, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया