रामपुर प्रहरीद्वारा निस्दी ४ को विद्यालयमा मिनी बाल मेलाको आयोजना

रामपुर । इलाका प्रहरी कार्यालय, रामपुर, पाल्पाले निस्दी गाउँपालिकाको विद्यालयमा मिनी बाल मेला सम्पन्न गरेको छ ।
शुक्रबार निस्दी गाउँपालिका वडा नं. ४ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयको प्राङ्गणमा मिनी बाल मेला सम्पन्न भएको प्रहरी निरीक्षक रामबहादुर नेपालीले बताए ।
वडा नं.४ का वडाध्यक्ष सन्तबीर सुनारीको अध्यक्षता, जिल्ला समन्वय प्रमुख टंकनाथ खनालको प्रमुख आतिथ्यता, निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरणकुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालको उपस्थितिमा बिद्यालयका शिक्षक र विद्यार्थीको उपस्थितिमा मिनी बाल मेला सम्पन्न भएको हो ।

इलाका प्रहरी कार्यालय, रामपुरका कार्यालय प्रमुख प्रहरी निरीक्षक नेपालीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत बालविवाह रोकथाम, आत्म हत्या न्यूनीकरण, लागुऔषध, ट्राफिक सचेतना, साईबर अपराध तथा बालयौन दुरुपयोग रोकथाम सम्बन्धी सचेतना मुलक विषयमा जानकारी गराएका थिए ।
इलाका प्रहरी कार्यालय रामपुरले समाजमा हुने अपराधका घटनाहरूलाई न्यूनीकरण गर्नका लागि विद्यालयहरूमा मिनी बाल मेला लगायतका कार्यक्रम गर्दै आएको छ ।
बालबालिकालाई सानै उमेरमा अपराधहरूको रोकथाम र बच्ने उपायहरूका बारेमा इलाका प्रहरी कार्यालय रामपुरका इन्स्पेक्टर नेपालीले जागरण गराउँदै आएका छन् ।



बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया