परराष्ट्रमन्त्री डा.राणा र कतारका विदेशमन्त्रीका विशेष दूतद्वारा भेट, विपिनको रिहाइबारे कुराकानी

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग कतारका जलवायु परिवर्तन तथा दिगोपनाका लागि परराष्ट्रमन्त्रीका विशेष दूत बदर उमर इस्माइल अल दाफाले भेट गरेका छन् ।

शुक्रबार काठमाडौंमा डा.राणासँग दाफाले भेट गरेका हुन् । भेटमा इजरायबाट हमासको अपरहणमा परेका नेपाली युवक विपिन जोशीको रिहाइका विषयमा डा.राणाले दाफासँग कुरा गरेकी छिन् ।

‘अक्टोबर २०२३ देखि हमासद्वारा बन्धक बनाइएका नेपाली नागरिक विपिन जोशीको रिहाइ र स्वदेश फिर्ताको लागि कतारको प्रतिबद्धताको लागि नेपाल सरकारको तर्फबाट मैले महामहिम दाफालाई धन्यवाद दिएँ,’ डा.राणाले भेटपछि भनेकी छिन् ।

‘मैले यस उद्देश्यका लागि प्रयास जारी राख्न कतारलाई अनुरोध गरें,’ परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन्, ‘नेपालले कतारसँगको सम्बन्धलाई उच्च महत्व दिन्छ र विस्तार गर्न उत्सुक छ ।’

सगरमाथा संवादका लागि नेपाल आएका कतारका परराष्ट्रमन्त्रीका विशेष दूत दाफाले परराष्ट्रमन्त्री डा.राणासँग भेट गरेका हुन् ।

Published : Friday, 2025 May 16, 7:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया