परराष्ट्रमन्त्री डा.राणासँग युएईका सहायक विदेशमन्त्री बलालाद्वारा भेट
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग संयुक्त अरब इमिरेट्स (युएई)का ऊर्जा तथा दिगोपनका लागि सहायक विदेशमन्त्री अब्दुल्ला बलालाले भेट गरेका छन् ।
शुक्रबार काठमाडौंमा भएको भेटमा दुई मुलुकबीचको हितका विषयमा कुराकानी भएको हो ।
भेटपछि डा.राणाले भनिन्, ‘नेपाल–युएई उडानमा वृद्धि र दुबईमा नेपालको महावाणिज्य दूतावास स्थापनाको लागि मैले कृतज्ञता व्यक्त गरें । विदेशी लगानी, व्यापार र श्रममा सहयोग बढाउन पनि आह्वान गरें ।’
सगरमाथा संवादमा सहभागी भएकोमा परराष्ट्रमन्त्री डा.राणाले सहायक विदेशमन्त्री बलालालाई धन्यवाद दिएकी छिन् ।
Published : Friday, 2025 May 16, 5:55 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया