तरुण दल लम्जुङको जिल्ला अधिवशेन शनिबार, बस्नेत र गुरुङले सम्बोधन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेत र नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ लम्जुङमा जान लागेका छन् ।

शनिबार नेपाल तरुण दल लमजुङको पाँचौ जिल्ला अधिवेशनमा सहभागी हुन बस्नेत र गुरुङ लम्जुङ जान लागेका हुन् । नेपाल तरुण दल लम्जुङको जिल्ला अधिवेशन शनिबार हुन लागेको छ ।

कार्यक्रममा भाग लिन कांग्रेस केन्द्रीय सदस्य बस्नेत र तरुण दलका अध्यक्ष गुरुङ शुक्रबार लम्जुङतर्फ प्रस्थान गरिसकेका छन् ।

८९५ जना पूर्णकालीन सदस्य र ३५४ जना जिल्ला अधिवेशन प्रतिनिधि रहेको लमजुङ जिल्लाको पाँचौँ अधिवेशन ७७ जिल्ला मध्येकै पहिलो हो ।

नेपाल तरुण दल लमजुङको पाचौं जिल्ला अधिवेशन बेशिसहरमा रहेको प्रगतिटोल समाज भवनमा हुनेछ ।

संघीय संरचना अन्तर्गत विधान संशोधन गरि पार्टीबाट स्वीकृत गराएर पूर्णकालीन फाराममार्फत तरुण दल पाँचौँ महाधिवेशन उन्मुख भएको छ ।

Published : Friday, 2025 May 16, 5:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया