राप्ती नदीमा अबैध उत्खनन् गर्ने ट्याक्टरहरू भालुबाङ प्रहरीद्वारा नियन्त्रण

मसुरिया । दाङमा इलाका प्रहरी कार्यालय, भालुबाङले अबैध उत्खनन् गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

राप्ती नदीमा अबैध उत्खनन गरेको अभियोगमा ट्याक्टर र चालकहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव निक्षक शेरबहादुर बुढाथोकीको कमाण्डमा खटिएको प्रहरी टोलिले ट्याक्टर र चालकहरूलाई नियन्त्रणमा लिएका हो ।

राप्ती गाउँपालिका वडा नं. २ कठाहघाटस्थित राप्ती नदीबाट मापदण्ड बिपरित नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा फेला परेका २ वटा ट्याक्टरहरूलाई चालकसहित नियन्त्रणमा लिइएको छ ।

नियन्त्रणमा लिइएका ट्याक्टरहरूलाई आवश्यक कारवाहीको लागि राप्ती गाउँपालिकाको कार्यालयमा पठाइएको छ ।

Published : Friday, 2025 May 16, 4:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया