राप्ती नदीमा अबैध उत्खनन् गर्ने ट्याक्टरहरू भालुबाङ प्रहरीद्वारा नियन्त्रण
मसुरिया । दाङमा इलाका प्रहरी कार्यालय, भालुबाङले अबैध उत्खनन् गर्ने ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।
राप्ती नदीमा अबैध उत्खनन गरेको अभियोगमा ट्याक्टर र चालकहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी नायव निक्षक शेरबहादुर बुढाथोकीको कमाण्डमा खटिएको प्रहरी टोलिले ट्याक्टर र चालकहरूलाई नियन्त्रणमा लिएका हो ।
राप्ती गाउँपालिका वडा नं. २ कठाहघाटस्थित राप्ती नदीबाट मापदण्ड बिपरित नदीजन्य पदार्थ उत्खनन् गर्दै गरेको अवस्थामा फेला परेका २ वटा ट्याक्टरहरूलाई चालकसहित नियन्त्रणमा लिइएको छ ।
नियन्त्रणमा लिइएका ट्याक्टरहरूलाई आवश्यक कारवाहीको लागि राप्ती गाउँपालिकाको कार्यालयमा पठाइएको छ ।
Published : Friday, 2025 May 16, 4:58 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया