वातावरणीय असन्तुलन बढ्दो छ, समाधान खोज्ने सगरमाथा संवाद एक महत्वपूर्ण पक्ष हो : अध्यक्ष गुरुङ

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले सगरमाथा सम्वाद कार्यक्रमको शुभकामना दिएका छन् ।
शुक्रबार अध्यक्ष गुरुङले शुभकामना दिँदै भनेका छन्, ‘गरमाथा संवाद कार्यक्रमको पूर्ण सफलताको हार्दिक शुभकामना व्यक्त गर्दै हामी नेपाल तरुण दल यस ऐतिहाँसिक पहलप्रति ऐक्यवद्धता प्रकट गर्दर्छौं ।’
उनले भने, ‘सगरमाथा संवाद अभियानले हिमालय क्षेत्रमा तीव्र हिमगलन, हिमनदीको सुक्दो अवस्था, हिमपात विस्फोटको खतरा, अनियमित मनसुन र बाढीपहिरोले ल्याउने संकट, तापक्रम वृद्धिका कारण फैलिने रोगहरूको जोखिम तथा कृषि उत्पादनमा पर्ने नकारात्मक प्रभावहरूमाथि पनि सघन छलफल हुनेछ ।’
‘हरितगृह ग्यासहरू जलवायु परिवर्तनका मुख्य कारक हुन्,’, उनले भने, ‘औद्योगिक क्रियाकलापमा प्रयोग हुने कोइला, तेल र प्राकृतिक ग्यास जस्ता जीवश्म इन्धनबाट उत्सर्जित ग्यासहरूका कारण वातावरणीय असन्तुलन बढ्दो छ ।’
‘यस्ता विषयमा वैज्ञानिक ढंगले छलफल गरी दीर्घकालीन समाधानको खोजी गर्नु सगरमाथा संवादको एक महत्वपूर्ण पक्ष हो भन्ने हाम्रो विश्वास छ,’, अध्यक्ष गुरुङले भने ।’
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया