परराष्ट्रमन्त्री डा.राणासँग बेलायतकी संसदीय उप–सचिव हेमनद्वारा भेट

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणासँग बेलायतकी संसदीय उप–सचिव ब्यारोनेस हेमनले भेट गरेकी छिन् ।
शुक्रबार काठमाडौंमा डा.राणा र हेमनबीच भएको शिष्टाचार भेटमा नेपाल र बेलायतबीच लामो समयदेखि रहेको मैत्रीपूर्ण सम्बन्धका विषयमा कुराकानी भएको छ ।
‘म नेपाललाई बेलायतको निरन्तर सहयोगको लागि आभारी छु,’ डा.राणाले भनेकी छिन्, ‘बेलायतकी संसदीय उप–सचिव ब्यारोनेस हेमन ज्यूको नेपालमा सुखद् बसाइ र सगरमाथा संवादको समयमा उत्पादक सहभागिताको कामना गर्दछु ।’
Published : Friday, 2025 May 16, 3:40 pm
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया