महामन्त्री थापाले बोलाए समितिको बैठक, सभापति देउवाद्वारा छिटो काम गर्न निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सदस्यता व्यवस्थापन समितिका संयोजक गगनकुमार थापाले बैठक बोलाएका छन् ।
समितिका संयोजक थापाले सोमबारका लागि बैठक बोलाएको समितिका सदस्य समेत रहेका कांग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीले बताए । उनले कांग्रेसको क्रियाशील सदस्यताको विवादहरूमा छलफल गरेर उपयुक्त निर्णय लिन बैठक बस्न लागेको बताएका छैन् ।
क्रियाशील सदस्यता विवाद समाधान छिटोभन्दा छिटो सम्पन्न गर्न सभापति शेरबहादुर देउवाले निर्देशन दिँदै आएका छन् । क्रियाशील सदस्यता विवाद समाधान छिटो समाधान हुन नसक्ने हो भने कांग्रेसको महाधिवेशन समयमा हुन सक्ने छैन ।
वडादेखि सबै तहले क्रियाशील सदस्यताको विवादलाई समाधान गर्नुपर्ने हुन्छ । समितिले पनि आफ्नोतर्फबाट समस्या समाधानका लागि प्रयासरत छ ।
समितिको सदस्यमा कांग्रेसका केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली रहेका छन् ।
बिचार/ब्लग

राज्य र समाजको हरपल ध्यानाकर्षण गराउनु पर्छ : सभापति देउवा
शेरबहादुर देउवा
फेसबुकबाट तपाईको प्रतिक्रिया