विश्व पौडेलविरुद्धको रिटलाई सर्वोच्चले दरपीठ गरिदियो
काठमाडौं । सर्वोच्च अदालतले योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलविरूद्ध परेको रिटलाई दरपीठ गरिदिएको छ ।
शुक्रबार सर्वोच्च अदालतले पौडेलविरुद्धको रिटलाई रजिष्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरेको सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।
पौडेल गभर्नर बन्न अयोग्य रहेको भन्दै मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । आशंकाको भरमा पौडेललाई गभर्नर बनाउन लागेको भनेर रिट दर्ता गरिएको थियो ।
पौडेलले केही दिन अगाडि गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका थिए । सर्वोच्चले गभर्नर सिफारिस समितिले पौडेललाई सिफारिस गरिसकेको पनि नदेखिएको जनाएको छ ।
राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले पौडेललाई गभर्नर बनाउन नहुने रिटमा उल्लेख थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया