विश्व पौडेलविरुद्धको रिटलाई सर्वोच्चले दरपीठ गरिदियो

काठमाडौं । सर्वोच्च अदालतले योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलविरूद्ध परेको रिटलाई दरपीठ गरिदिएको छ ।
शुक्रबार सर्वोच्च अदालतले पौडेलविरुद्धको रिटलाई रजिष्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरेको सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए ।
पौडेल गभर्नर बन्न अयोग्य रहेको भन्दै मंगलबार सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । आशंकाको भरमा पौडेललाई गभर्नर बनाउन लागेको भनेर रिट दर्ता गरिएको थियो ।
पौडेलले केही दिन अगाडि गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका थिए । सर्वोच्चले गभर्नर सिफारिस समितिले पौडेललाई सिफारिस गरिसकेको पनि नदेखिएको जनाएको छ ।
राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेकाले पौडेललाई गभर्नर बनाउन नहुने रिटमा उल्लेख थियो ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया