ओखलढुङ्गा सहरी भवनका इन्जिनियर भक्तपुरबाट ५ लाख ७० हजार घुसको रकमसहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादवलाई ५ लाख ७० हजार घुसको रकमसहित पक्राउ पगरेको छ ।
आयोगको टोलीले बिहीबार इन्जिनियर यादवलाई भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ बाट रकमसहित नियन्त्रणमा लिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुङ्गामा कार्यरत इन्जिनियर सन्तोषकुमार यादवले खोटाङ जिल्लामा निर्माणाधीन सडकको रनिङ बिल भुक्तानी गर्ने प्रयोजनार्थ घुस, रिसवत माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिइ गएको टोलीले इन्जिनियर सन्तोषकुमार यादवलाई सेवाग्राहीबाट ५ लाख ७० हजार घुस रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ अन्तर्गतबाट बिहीबार नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।
बिचार/ब्लग

स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
कांग्रेसकाे आकस्मिक बैठकका निर्णयहरू
नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया